BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १, २०८२, १०:०६ बिहान
in FEATURE, चलचित्र
चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । यम थापाको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित चलचित्र ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। लोकलयमा आधारित यस गीतमा गायक खेम सेन्चुरी र दीपिका बयम्बु मगरको सुमधुर स्वर रहेको छ भने संगीत स्वयं सेन्चुरीले भरेका हुन्। रमेश बिजीका शब्द रहेको यस गीतमा मायाको निशानी सुम्पिएको भावनात्मक विषयलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ।

राजधानीको क्युएफएक्स सिभिल मलमा आयोजित गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले सार्वजनिक गीतमा छमछमी नाचेर माहोल तताएकी थिइन्। उनलाई नृत्यमा बाल कलाकार समाइरा थापाले साथ दिएकी थिइन् भने हलमा उपस्थित दर्शकले ताली र सिटी बजाएर उनीहरूको उत्साह बढाएका थिए। प्रदीप लामाको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा स्वस्तिमा र समाइराका साथै प्रदीप लामा, रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र नव-कलाकार विशाल देवकोटाको समेत आकर्षक नृत्य देख्न सकिन्छ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ, अभय बराल, आशा पौडेल लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। निर्देशक यम थापाको कथा रहेको यस चलचित्रको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई चर्चित निर्देशक प्रदीप भट्टराईले साथ दिएका छन्।

सुशन प्रजापतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको यस चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले निर्माणको जिम्मेवारी सम्हालेका छन्। चलचित्रमा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत सुन्न सकिनेछ।

कार्यक्रममा बोल्दै अभिनेत्री खड्काले आफूले यसअघिका चलचित्रभन्दा फरक भूमिका निर्वाह गरेकाले ‘लालीबजार’ दर्शकको विशेष रोजाइमा पर्ने विश्वास व्यक्त गरिन्। आगामी नयाँ वर्षको अवसर पारेर बैशाख १८ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रले नेपाली मौलिक कथालाई पर्दामा उतारेको छ।

Previous Post

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

by विशेष अनलाइन
चैत्र १, २०८२, १०:०६ बिहान
0

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।