BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

विशेष अनलाइन by विशेष अनलाइन
माघ १६, २०८२, ९:५३ मध्यान्ह
in FEATURE, चलचित्र
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने
52
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन। आगामी फागुन १ गते महाशिवरात्रिको विशेष अवसर पारेर नेपाली चलचित्र ‘शिवांश’ प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले हालै सार्वजनिक गरेको नयाँ पोस्टर र जानकारी अनुसार यस चलचित्रमा विश्वप्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वर सुन्न पाइनेछ। खेरले चलचित्रका लागि ‘शिव ताण्डव स्तोत्रम्’ गाएका छन् ।

गायक कैलाश खेरले एक भिडियो सन्देश जारी गर्दै नेपाली प्रशंसकहरूले आफ्नो सङ्गीतलाई दिने मायाप्रति आभार प्रकट गरेका छन्। उनले यो सांगीतिक परियोजनालाई भारत र नेपालको प्रगाढ मैत्री सम्बन्धको सौजन्य र प्रतीकका रूपमा चित्रण गरेका छन्। खेरको ओजपूर्ण स्वरले नेपाली दर्शकलाई छुट्टै सांगीतिक स्वाद दिने अपेक्षा निर्माण पक्षले राखेको छ।

चलचित्रको सार्वजनिक नयाँ पोस्टरले यसको कथावस्तु निकै तनावपूर्ण र प्रभावशाली रहेको संकेत गर्छ। पोस्टरमा प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रूपमा देखिएका छन् भने तेज गिरी रिसाहा मुद्रामा प्रस्तुत छन्। विकाश जोसी डमरु समातेर चिच्याइरहेको अवस्थामा देखिँदा रुसा न्यौपाने र बिमला लिम्बूको अनुहारमा आश्चर्य र गम्भीरता झल्किएको छ। श्यामस्वेत रङको यो पोस्टरले पात्रहरूको जीवनको जटिलता र संघर्षलाई प्रतिविम्बित गरेको छ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस चलचित्रमार्फत सन्तोष कुमार आत्रेयले निर्देशनमा डेब्यु गर्दैछन्। अञ्जान केसीको कथा र बारत लिम्बूको पटकथा रहेको यस सिनेमामा सुलक्षण भारतीले ‘स्क्रिप्ट डक्टर’को भूमिका निभाएका छन्। चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीप कुमार चौधरी लगायतका कलाकारहरूको सशक्त अभिनय रहनेछ।

प्राविधिक पक्षतर्फ चलचित्रमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको छ भने मिलन नेवार र समीक्षा अधिकारीले पनि स्वर दिएका छन्। मिलन श्रेष्ठको द्वन्द्व निर्देशन र विक्रम चोहानको कोरियोग्राफी रहेको यो चलचित्रलाई सरद महतोले छायांकन गरेका हुन्। कार्यकारी निर्माता सम्भू थापा रहेको ‘शिवांश’लाई डिजिटल सिनेमा नेपाल (डीसीएन) ले देशभर वितरण गर्ने जिम्मेवारी लिएको छ।

Previous Post

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

Next Post

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

चैत्र १६, २०८२, ८:५७ मध्यान्ह
झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

चैत्र १६, २०८२, ८:३० मध्यान्ह
अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

चैत्र १६, २०८२, ७:४६ मध्यान्ह
दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

चैत्र १६, २०८२, ६:४८ मध्यान्ह
रङ्गमञ्चबाट चलचित्रको पर्दामा उदाउँदै डेभिड बिष्ट: सौगात मल्लसँगै ‘जुबा’मा देखिने

रङ्गमञ्चबाट चलचित्रको पर्दामा उदाउँदै डेभिड बिष्ट: सौगात मल्लसँगै ‘जुबा’मा देखिने

चैत्र १२, २०८२, १०:३१ मध्यान्ह
कुल ब्वाय र सिम्रन पन्तको ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुँदै

कुल ब्वाय र सिम्रन पन्तको ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुँदै

चैत्र १२, २०८२, १०:०० मध्यान्ह
Next Post
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

by विशेष अनलाइन
चैत्र १६, २०८२, ८:५७ मध्यान्ह
0

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

by विशेष अनलाइन
चैत्र १६, २०८२, ८:३० मध्यान्ह
0

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

by विशेष अनलाइन
चैत्र १६, २०८२, ७:४६ मध्यान्ह
0

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

by विशेष अनलाइन
चैत्र १६, २०८२, ६:४८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    591 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।