विशेष अनलाइन । नीर शाह अभिनित चलचित्र ‘परान’ ले प्रदर्शनको चौंथो हप्तामा पनि आफ्नो शानदार प्रदर्शन कायम राख्दै नेपाली बक्सअफिसमा एउटा नयाँ कीर्तिमान स्थापित गरेको छ। कार्तिक १४ गते रिलिज भएको यो चलचित्रले चौंथो शनिबार (मंसिर ६ गते) मा देशभर १ करोड ११ लाख रुपैयाँभन्दा बढी ग्रस कमाई गर्न भएको छ ।
पहिलो शनिबारलाई छाडेर यसले लगातार दोस्रो, तेस्रो र चौंथो शनिबारमा १ करोडभन्दा माथिको व्यापार गर्न सफल हुनुले चलचित्रको बलियो दर्शक आकर्षण स्पष्ट पार्दछ। यस सफलतासँगै, ‘परान’ ले हालसम्मको अनुमानित ग्रस कमाई १३ देखि १४ करोड रुपैयाँ पुर्याएको छ र यो २०८२ सालमा सर्वाधिक कमाउने नेपाली चलचित्र बनिसकेको छ, जसले अनमोल केसीको ‘जेरी अन टप’ लाई समेत उछिनेको छ।
दीपक आचार्य ‘काकु’ द्वारा निर्देशित यो चलचित्रको कथावस्तुले रेमिट्यान्सले सामाजिक मूल्यमा ल्याएको परिवर्तन र सन्तान-अभिभावक सम्बन्धको संवेदनशीलतालाई गहिरो ढंगले प्रस्तुत गरेको छ। कथाको बलियो पक्ष र उत्कृष्ट प्रस्तुति नै यसको व्यापारिक सफलताको प्रमुख कारण मानिएको छ। आइतबार पनि देशब्यापी ३० देखि ५० प्रतिशत को अकुपेन्सी सुखद हुनुले यसको व्यापारिक दौड अझै जारी रहने संकेत गर्दछ।
चलचित्रका निर्माता शेखर गोल्छा ले निर्माणका लागि बैंकबाट ऋण लिएको खुलासा गरे। बैंकबाट ऋण लिएर बनाइएको यो पहिलो नेपाली चलचित्र हुनसक्ने उनको भनाइ छ, किनकि कर्पोरेट संस्था भएकाले आफूहरूले बैंकबाट ऋण प्राप्त गरेको उनले बताएका छन्।









Discussion about this post