विशेष अनलाइन । क्राइम–थ्रिलर चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। करिब ३ मिनेट ११ सेकेन्ड लामो ट्रेलरले परिवारको सुख–शान्तिका लागि मुख्य पात्रले रोज्नु पर्ने कठिन बाटो र त्यससँग जोडिएका संघर्षलाई प्रस्तुत गरेको छ।
सुशान्त गौतम निर्देशित चलचित्रको सार्वजानिक ट्रेलरमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी र प्रकाश दाहाललगायत कलाकारलाई फरक–फरक चरित्रमा देखाइएको छ। द्वन्द्व, रहस्य र भावनात्मक उतारचढावसहितको कथा झल्काउने दृश्यले दर्शकलाई फिल्मप्रति उत्साहित तुल्याउने अपेक्षा गरिएको छ।
चलचित्रको कथा मुकेश खनालले लेखेका हुन् भने, निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । चलचित्रको छायांकन शरह महतो, भिएफएक्स मनोज श्रेष्ठ र सम्पादन मदन घिमिरेले गरेका छन् । चलचित्र ‘अभिमन्यु’ नेपाली संस्करणमा आगामी भदौ २७ गतेदेखि र हिन्दी संस्करणमा असोज ६ गतेदेखि प्रदर्शन हुने तयारीमा छ।









Discussion about this post