विशेष अनलाइन । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका मुख्य तीन कलाकारलाई प्रस्तुत गरिएको छ।
पोस्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन्। सार्वजनिक पोस्टरले तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ। सार्वजनिक पोस्टरलाई शान थापा र विजय बस्यालले तयार गरेका छन्।
दसैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर रहेको छ ।










Discussion about this post