विशेष अनलाइन । आज शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र `सिटामोल´ र `माेहर´ प्रदर्शनमा आएका छन् । दुवै चलचित्र देशभर एकअर्कोसँग भिड्न लागेका हुन् । फरक कथामा भनेका दुवै चलचित्र राम्रो भएको निर्माण पक्षको दाबी रहेको छ ।
चलचित्र ‘सिटामोल’ राजबहादुर सानेको निर्देशनमा बनेको हो। सशस्त्र जनयुद्धका समयमा घाइते पात्रको कथा समेटिएको चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।
तुल्सीदेवी फिल्म प्रा. लि. र जुनतारा फिल्म्सको सहकार्यमा बनेको ‘सिटामोल’को कथा प्रदीप भारद्वाज र निर्देशक सानेले संयुक्त रूपमा लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको यस चलचित्रमा भूगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन्। साथै, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता र गंगाराम श्रेष्ठ सह–निर्माता रहेका छन्।
अर्को चलचित्र ‘मोहर’ देउकी कथामा आधारित छ। ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाही, लक्ष्मी गिरी, सारा शर्मा र रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र मेकर्स प्रा. लि.को व्यानरमा बनेको ‘मोहर’का निर्माता चुम्मन शाही हुन्।
यी दुवै चलचित्रले बक्स अफिसमा प्रत्यक्ष प्रतिस्पर्धा गर्ने भएकाले दर्शकको रोजाइ कसले जित्ने भन्ने उत्सुकता बढेको छ।










Discussion about this post