विशेष अनलाइन । चलचित्र बलिउडका अनुभवी अभिनेता दीपराज राणा नेपाली चलचित्र ‘सुख दुःख’ मा अनुबन्धित भएका छन्। चलचित्रकी निर्देशक निता ढुङ्गाना अधिकारीले उनलाई आधिकारिक रूपमा अनुबन्ध गरिकी हुन्।
‘सिंघम रिटर्न्स’, ‘प्रेम रतन धन पायो’, ‘दबंङ ३’ जस्ता चर्चित बलिउड चलचित्रमा आफ्नो दमदार अभिनय देखाइसकेका राणाले पछिल्लो समय ‘मेट्रो इन डिनो’, ‘बिल्ली उस्ताद’, ‘सितारे जमीं पर’ मा काम गरेका छन्। नेपाली चलचित्र ‘कोहिनूर’ (स्व. श्रीकृष्ण श्रेष्ठ अभिनीत) पछि यो उनको पहिलो नेपाली चलचित्र हुने भएको छ।
यस चलचित्र मार्फत निता ढुङ्गाना निर्देशकको रूपमा डेब्यु गर्दैछिन्। आगामी फागुन महिनादेखि छायाङ्कन सुरु गर्ने तयारी भइरहेको छ। निर्माण टिमले हालै अभिनेत्री बिपना थापालाई पनि अनुबन्ध गरिसकेको छ। चलचित्रमा दीपराज र बिपनासँगै मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ मुख्य भूमिकामा रहनेछन्।चलचित्रको छायाङ्कनका लागि चर्चित भारतीय छायाकार कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिएको छ ।










Discussion about this post