विशेष अनलाइन। असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा तीन प्रमुख कलाकारहरु हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्कालाई विशेष रुपमा प्रस्तुत गरिएको छ ।
पोस्टरमा हरिवंश आचार्य आफ्नै चर्चित चरित्र ‘हरिबहादुर’को शैलीमा देखिएका छन् । प्रकाश सपुत केही रिसाएको मुद्रामा प्रस्तुत छन् भने स्वस्तिमा खड्का मन्द मुस्कानसहित देखिएकी छन् । यस संयोजनले चलचित्र पारिवारिक, रमाइलो र भावनात्मक मिश्रण बोकेको संकेत दिन्छ । यसअघि चलचित्रको २ पोष्टर सार्वजनिक भइसकेको छ ।
दिपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्रमा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, र कमलमणि नेपालजस्ता कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सरोज ओली र मोहितबंश आचार्य हुन् । छायांकन कृष्ण बहादुर थापाले, सम्पादन नकुल खड्काले गरेका छन् भने संगीत वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले दिएका छन् । गीतहरूमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितबंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर समावेश छ । पोस्टर सार्वजनिक भएसँगै ‘हरिबहादुरको जुत्ता’ले दर्शकको ध्यान खिच्न सुरु गरेको छ ।











Discussion about this post