विशेष अनलाइन । नेपाली समाजको यथार्थलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र “सुस्केरा” को थिम पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रको पोस्टरले समाजमा व्याप्त पीडा, अन्याय, विभेद र मानव संवेदना आयामहरूलाई सशक्त रूपमा चित्रण गरेको छ।
सार्वजनिक दुई थिम पोस्टरहरूमा बाल कलाकारहरू फिचर गरिएको छ । एउटा पोस्टरमा पीडामा रहेका बालकहरू देखिन्छन् भने अर्को पोस्टरमा आशाको झल्कोसहित उभिएका बालबालिकाहरू छन्। यसले चलचित्रले अन्धकार मात्र होइन, आशाको उज्यालो पक्षलाई पनि समेट्ने संकेत गर्छ।
मणिलिङ्गेश्वर फिल्म्स र कर्मविर मल्टिपर्पोज इन्भेष्टमेन्ट प्रा.लि.को संयुक्त ब्यानरमा ममता रायमाझीको विशेष प्रस्तुति रहने छ भने निर्माण नबराज अधिकारी र डा. ओमकृष्ण प्रसाइँले गर्नेछन् । चलचित्रको लेखन र निर्देशन शंकर अधिकारी ‘घायल’ स्वयंले गर्नेछन् ।
चलचित्रमा गीत अधिकारी, दिनेश कोइराला, नेहा देव, डा. ओमकृष्ण प्रसाइँ, नबराज अधिकारी, मौसमी कार्कीका साथै बालकलाकार शुभम अधिकारी,हार्दिक पौडेल र नायरा प्रसाइ लगायतको सशक्त अभिनय रहनेछ । अन्य कलाकारहरू पनि छनोट भैरहेको निर्देशक अधिकारीले जानकारी दिएका छन् ।
चलचित्रको छायांकन रविन्द्र बरालले गर्नेछन् । चलचित्रमा कोरियोग्राफी राजन महर्जन, मेकअप मदन न्यौपानेको रहने छ भने सम्पादनमा राजेश कुमार रहनेछन् । ‘सुस्केरा’ को छायांकन आउँदो भदौको दोस्रो हप्ताबाट काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रहरूमा शुरू हुने बताइएको छ ।










Discussion about this post