विशेष अनलाइन । इटहरीमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव २०८१’ आयोजना हुने भएको छ । नेपाल र युरोप बिचको दौत्य सम्बन्ध ५० वर्ष पुरा भएको उपलक्ष्यमा इटहरीमा पहिलो पटक ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव २०८१’ आयोजना हुन लागेको हो । कार्तिक ३० गतेबाट मङ्सिर ३ गते सम्म चल्ने चलचित्र महोत्सवमा युरोपका ९ वटा चलचित्र तथा नेपालका ११ वटा लघु चलचित्र निःशुल्क प्रदर्शन गरिने छ ।
साथमा हरेक चलचित्रका दर्शकहरूलाई लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरूको व्यवस्था समेत गरिएको छ ।
इटहरीको इलाइट सिनेमामा हुने कार्यक्रममा चलचित्र प्रदर्शनसँगै अन्य विभिन्न कार्यक्रमहरू समेत राखिएको छ । कार्यक्रममा चलचित्रका विविध विषयमा अन्तरक्रिया समेत गरिने छ । अन्तरक्रियामा निर्देशक मनोज पण्डित,निर्देशक अरुण कुमार प्रधान, कलाकार शारदा शाक्यको सहभागिता रहने छ । कार्यक्रमको पहिलो दिन कार्तिक ३० गते उद्घाटन गरी मङ्सिर १ गतेबाट चलचित्र प्रदर्शन तथा विविध कार्यक्रमहरू आयोजना गरिने बताइएको छ ।
Discussion about this post