विशेष अनलाइन । सिद्धार्थ पुडासैनीको निर्देशन रहेको चलचित्र ‘सानो संसार’ आगामी कात्तिक ९ गते बाट पुनः प्रदर्शनमा आउने भएको छ । अविरल वर्षा, बाढी र पहिरोबाट देशभरको जनजीवन नराम्ररी प्रभावित भएकोले चलचित्र प्रदर्शनको दोस्रो दिनमै स्थगित गरिएको थियो । कात्तिक ९ गतेदेखि पुनः प्रदर्शनमा ल्याउन लागेको निर्मार्ता अर्जुन कुमारले जानकारी दिए ।
मध्यम वर्गीय परिवारको कथामा बनेको चलचित्रमा फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), अनु दाहाल, राज पङ्गेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायत कलाकारहरुकोको अभिनय रहेको छ ।
चलचित्र ‘सानो संसार’को कार्यकारी निर्मातामा माधव वाग्ले हुन् । राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन रहेको छ ।
Discussion about this post