BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

आउदो दशैमा ‘परदेशी–२’,प्रकाश सपूतको डेब्यु

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर १५, २०७८, ३:१७ मध्यान्ह
in FEATURE, चलचित्र
pardeshi 2
57
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । कोरोना भाइरसको त्रास कम भएसँगै चलचित्र गतिविधि बिस्तारै बढ्न थालेका छन् । चलचित्र हलहरु खुलिसकेका छन् । राम्रा चलचित्र प्रदशैनमा आए नेपाली दर्शक पनि बिस्तारै हलमा गएर चलचित्र हेर्न थालेका छन् । ठुला ब्यानरमा निर्माण भएका चलचित्रहरुले पनि धमाधम प्रदर्शन मिति तोक्न थालेका छन् । छायांकन बिचैमा रोकेर बसेका चलचित्रहरुको पनि बिस्तारै छायांकन सुरु गरिएको छ ।

यसै बिच कोरोना भाइरसका कारण बिचमै छायांकन रोकिएर पछि पुन छायांकन गरिएको चलचित्र ‘परदेशी–२’ले आफ्नो प्रदर्शन समय तय गरेको छ । चलचित्र छायांकनको सुरुवात देखि नै दशैमा प्रदर्शन गर्ने ढिट लिएको चलचित्र अब भने आउदो दशैमा हेर्न पाइने भएको छ । सुरुमा यो चलचित्रलाई २०७७ सालको दशैंमा प्रदर्शन गर्ने बताइएको थियो । तर, कोरोना भाइरसका कारण चलचित्र छायांकन नै हुन सकेन । पछि २०७८ सालको दशैमा प्रदर्शन गर्ने बताइएको थियो । उक्त समय पनि कोरोना महामारीको लहर चलिरहेका कारण चलचित्र प्रदर्शन हुन सकेन । चलचित्र निर्माण युनिटले आउदो २०८९ को दशैमा भने चलचित्र प्रदर्शन गर्ने योजना बनाएको छ ।

चलचित्रका निर्माता तथा निर्देशक नारायण रायमाझीका अनुसार चलचित्र ‘परदेशी–२’ले दशैको कथा बोल्ने भएका कारण पनि अन्य समयमा प्रदर्शन गर्न नसकिएको हो । निर्देशक रायमाझी भन्छन्– ‘हामीले चलचित्रको कथा लेखन गर्दाको समयबाट नै दशैमा प्रदर्शन गर्ने योजना बनाएका थियौँ । कोरोनाका कारण पुर्वघोषित समयमा हामीले चलचित्र प्रदर्शन गर्न सकेनौ । दशैको कथा भएका कारण पनि अन्य समयमा चलचित्र प्रदर्शन गर्नुको औचित्य रहदैन, त्यसैले पनि आउने दशैमा चलचित्र प्रदर्शन गर्ने योजना बनाएका हौँ ।’

चलचित्र ‘परदेशी’ले राम्रो व्यापार गरेका कारण पनि चलचित्र ‘परदेशी–२’लाई अपेक्षित चलचित्रका रुपमा हेरिएको छ । लोक दोहोरीमा राम्रो छाप छाड्न सफल गायक प्रकाश सपूतले यसै चलचित्रबाट नेपाली चलचित्रमा डेव्यु गर्दैछन् । गायक सपूतको अभिनयका कारण पनि चलचित्रलाई बिशेषरुपले हेरिएको छ । प्रकाशसँगै चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देवेन्द्र बब्लू लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको द्धन्द निर्देशन, बीबी अनुरागीको संगीत तथा गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रको सम्पाद भने दीर्घ खड्काले गरेका हुन् ।

चलचित्र नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा निर्माण भएको हो । चलचित्र निर्माणमा रायमाझीलाई राजेश वंशलले साथ दिएका छन् । चलचित्र दशैमा प्रदर्शन गर्ने भनिएको भए पनि हाल सम्म मिति भने तय भइसकेको छैन । केही दिन भित्रमा मिति पनि सार्वजनिक गर्ने तयारीमा निर्माण युनिट रहेको छ ।

Tags: परदेशी–२
Previous Post

‘धुर्मुस’ ‘सुन्तली’को विवाह उत्सवमा ‘जिग्री’को ‘मायाले जीवन सजाउँ’उपहार

Next Post

राप्रपाको महामन्त्रीमा उमेद्वारी दिदै अभिनेत्री रेखा थापा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

चैत्र १, २०८२, ९:५७ मध्यान्ह
चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चैत्र १, २०८२, १०:०६ बिहान
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
Next Post
rekha thapa

राप्रपाको महामन्त्रीमा उमेद्वारी दिदै अभिनेत्री रेखा थापा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

by विशेष अनलाइन
चैत्र १, २०८२, ९:५७ मध्यान्ह
0

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

by विशेष अनलाइन
चैत्र १, २०८२, १०:०६ बिहान
0

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।