इटहरी / अभिनेता आर्यन सिग्देलले नया चलचित्रका लागी सम्झौता गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु मिरर नामक चलचित्रमा अनुबन्धित भएको पुष्टि गरेका हुन् । अभिनेता सिग्देलले फेसबुकमा चलचित्रको टिमसँगको तस्वीर राख्दै, ‘नयाँ प्रोजेक्ट मिरर’ भनेर लेखेका छन् ।
यस चलचित्रमा आर्यनले क्याप्टेन बाट डेव्यु गरेकी अभिनेत्री उपासना सिंह ठकुरी सँग दोस्रो पटक रोमान्स गर्ने छन् । यस अघि अभिनेता सिग्देलले चलचित्र ‘डिसेम्बर फल्स’मा अभिनेत्री ठकुरीसँग काम गरिसकेका छन् ।
धेरै नेपाली चलचित्रहरुको करियोग्रफरका रुपमा पहिचान बनाएका कविराज गहतराजले पहिलो पटक चलचित्र ‘मिरर’को निर्देशन गर्न लागेका हुन् । लागूपदार्थ र्दुव्यसनीको कथामा निर्माण हुन लागेको चलचित्रको छायांकन वैशाखको दोश्रो साताबाट सुरु गर्नेगरी गृहकार्य भइरहेको निर्देशक गहतराजले जानकारी दिएका छन् ।
चलचित्रमा आर्यन र उपासना सगै प्रशान्त ताम्राकार, सलोन बस्नेत, रेयर राई लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
Discussion about this post