BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

बलिउडका चर्चित कलाकार जस्ले नेपाली चलचित्रमा अभिनय गरे

विशेष अनलाइन by विशेष अनलाइन
साउन १८, २०७८, ४:१७ मध्यान्ह
in FEATURE, चलचित्र
बलिउडका चर्चित कलाकार जस्ले नेपाली चलचित्रमा अभिनय गरे
136
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपालमा चलचित्र निर्माणको सुरुवात भएको करिव ६ दशक भन्दा धेरै भइसकेको छ । नेपालमा चलचित्र निर्माण सुरु भएको यति लामो समय बितिसक्दा पनि ब्यवसायिक रुपमा चलचित्रले समयानुकूल सफलता प्राप्त गर्न भने सकेको छैन । कथा,चरित्र,निर्देशन,प्रविधि लगायत बिभिन्न कारणले विश्व चलचित्र बजारमा नेपाली चलचित्र बजार निकै पछि देखिदै आएको छ । बिश्व बजारमा नेपाली चलचित्र नगरीले अपेक्षाकृत छाप छाड्न सकेको छैन ।

हुन त हलिउड तथा बलिउड चलचित्रको तुलनामा नेपाली चलचित्र नगरी धेरै सानो छ । याहाँ निर्माण हुने चलचित्रहरुको श्रोत र साधन सिमित छ । सिमित श्रोत साधनका बाबजुद पछिल्लो समय निर्माण भएका केही चलचित्रहरुले थोरै भए पनि बिश्वबजारको ध्यान केन्द्रित गर्न भने सफल भएका छन् । त्यससँगै कतिपय नेपाली चलचित्रमा हलिउड तथा बलिउडका कलाकार आएर अभिनय गरेका छन् ।
निर्देशक तथा कलाकार तुलसी घिमिरे, द्धन्द निर्देशक तथा कलाकार गोपाल भुटानी, निर्देशक शम्भु प्रधान, अभिनेत्री तृप्ती नाडकर,अभिनेत्री निरुता सिंह, अभिनेता उत्तम प्रधान लगायतका केही कलाकारहरु भारतबाट नेपाल आएर नेपाली चलचित्र नगरीमा एक समय राज गर्न सफल भएका नाम हुन् । नेपाली चलचित्र नगरीलाई व्यवसायिक रुपमा बिकास गर्न उनीहरुले महत्वपुर्ण योगदान गरेका छन् ।

पहिले देखिनै नेपाली चलचित्रमा फाट्ट फुट्ट रुपमा बलिउडका चलचित्रकर्मीहरुले अभिनय भने गर्ने गरेका छन् । बिशेष त भारतिय कलाकारहरुलाई नेपाली चलचित्रमा अभिनय गराउने नामहरु मध्यको एउटा महत्वपुर्ण नाम हो तुलसी घिमिरे । उनले धेरै बलिउडकर्मीलाई नेपाली चलचित्रमा अभिनय गराएका छन् । नेपाली चलचित्र माइतिघरमा बलिउड अभिनेत्री माला सिन्हाले अभिनय गरेकी छन् । बि एस थापाले निर्देशन गरेको चलचित्र माइतिघर २०१८ सालमा नीजी लगानीमा बनेको पहिलो नेपाली चलचित्र हो । यो चलचित्र प्रदर्शन भने २०२३ सालमा मात्र भएको थियो । चलचित्र माइतिघर प्रदर्शनमा आउदा माला सिन्हा बलिउड चलचित्र नगरीमा नाम चलेकी अभिनेत्रीका रुपमा चिनिन्थिन् । उक्त चलचित्रमा अभिनेत्री सिन्हालाई सिपी लोहोनीले साथ दिएका थिए । अन्तत यो जोडीले रियलमा नै लगनगाँठो कसेको थियो ।

यस्तै नेपाली चलचित्र हामी एक हौँ मा बलिउड अभिनेत्री सल्मा आगाले अभिनय गरेकी थिइन् । उक्त चलचित्रमा अभिनेत्री सल्मा आगालाई नेपाली अभिनेता शिव श्रेष्ठले साथ दिएका थिए । चलचित्र हामी एक हौँ नेपाल तथा भारतको संयुक्त लगानीमा निर्माण भएको थियो । उक्त चलचित्रले नेपाली चलचित्र नगरीमा अपेक्षाकृत व्यापार भने गर्न सकेन । बलिउडमा एक समय भिलेनका रुपमा स्थापित भएको नाम हो डेनी डेन्जोङ्पा । बलिउडमा स्थापित भएका डेनीले नेपाली कथानक चलचित्र साइनोमा अभिनय गरेका छन् । चलचित्र साइनोमा डेनीसँगै भुवन केसी तृप्ती नाडकर,मुरलीधर,मुकुन्द श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको निर्देशक उगेन चोपेलले गरेका थिए । डेनीले साइनो सँगै तृष्णम, मसाल लगायतका चलचित्रहरुमा पनि अभिनय गरेका छन् ।

नेपाली चलचित्रमा अभिनय गर्ने अर्की भारतिय कलाकार हुन् रजनी शर्मा । रजनी शर्माले तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र बाँसुरीमा अभिनय गरेकी छन् । चलचित्र बाँसुरीमा काम गर्नु भन्दा पहिला नै उनले केही हिन्दी तथा बंगाली चलचित्रहरुमा काम गरिसकेकी थिइन् । बाँसुरीमा उनको अभिनयलाई नेपाली दर्शकले रुचाएपछि नेपाली चलचित्र मसालमा पनि उनले अभिनय गरिन् । यस्तै नेपाली चलचित्र दुइ थोपा आँसुमा अनुराधा सावन्तले अभिनय गरेकी छन् । अनुराधा सँगै चलचित्रमा भुवन केसी, श्रवन घिमिरे, युवराज लामा लगायतका कालाकारहरुको अभिनय रहेको थियो भने चलचित्रलाई निर्देशक तुलसी घिमिरेले नै निर्देशन गरेका थिए ।

निर्देशक घिमिरेले नै निर्देशन गरेको अर्को चलचित्र अन्यायमा पनि बलिउडकी एक समयकी चर्चित अभिनेत्री मीरा माधुरीले अभिनय गरेकी छन् । उनी सँगै चलचित्रमा बिस्व बस्नेत,मुकुन्द श्रेष्ठ,जयनेन्द्र चन्द लगायतका कलाकारहरुको अभिनय रहेको थियो । नेपाली चलचित्र जिवन दानमा पनि बलिउड कलाकार दीपक तिजोरीको अभिनय रहेको छ । दीपक तिजोरीलाई अभिनेत्री निरुता सिंहले साथ दिएकी छन् भने चलचित्रमा धिरेन शाक्य,सुनिल थापा लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ ।

बलिउडकी अर्की चर्चित अभिनेत्री श्वेता तिवारीले पनि नेपाली चलचित्र त्रिनेत्रमा अभिनय गरेकी छन् । चलचित्र त्रिनेत्रमा श्वेतालाई अभिनेता निखिल उप्रेतीले साथ दिएका छन् । निखिल र श्वेताको अलावा चलचित्रमा मिथिला शर्मा,नारायण प्रसाद,मनोज नारायण लगायतका कलाकारहरुको अभिनय छ । चलचित्र त्रिनेत्रलाई मनोज नारायणले निर्देशन गरेका हुन् । यस्तै नेपाली चलचित्र परिचयमा बलिउड अभिनेत्री मोनिका बेदीले अभिनय गरेकी छन् । चलचित्रमा मोनिकालाई अभिनेता निखिल उप्रेतीले नै साथ दिएका छन् ।

यस्तै चलचित्र हाम्रो मिलन कहिले हुन्छ मा बलिउड अभिनेत्री प्रिती झिंगानियाले अभिनय गरेकी छन् । उक्त चलचित्रमा महानायक राजेश हमाल, अर्जुन कार्की, युवराज लामा लगायतको अभिनय रहेको छ भने उक्त चलचित्रमा बलिउड अभिनेत्री प्रितीलाई बिशेष भुमिकामा प्रस्तुत गरिएको छ ।

नेपाली चलचित्रमा काम गर्ने अर्को बलिउडको चर्चित नाम हो राजपाल यादव । राजपाल यादवले चलचित्र कड्के कमाल के मा नेपाली अभिनेता आर्यन अधिकारी,अभिनेत्री निता ढुंगाना लगायतका नेपाली कलाकारसँग काम गरेका छन् । चलचित्र कड्के कमाल के हिन्दी भाषामा निर्माण भएको भए पनि चलचित्रको धेरै दृश्य नेपालमा खिचिएको छ । चलचित्रमा नेपाली परिवेश प्रस्तुत गरिएको छ । उक्त चलचित्रमा नेपाली भाषाको गित समेत समावेश गरिएको छ । झुमा झुमा बोलको उक्त गीतमा नेपालका चर्चित गायक कमल खत्री र सुमन गुरुङले स्वर दिएका छन् । उक्त चलचित्रमा अन्य बलिउडका चर्चित कलाकारहरु उदय दहिया, दयाशंकर पान्डे,बिजय पटकर,उषा नाडकर्नी,राजिभ निगम लगायतको अभिनय रहेको छ ।

यस्तै केही समय अघि मात्र निर्माण भएको नेपाली चलचित्र पास्वर्डमा बलिउड अभिनेत्री सन्नी लियोनीलाई आइटम नृत्य गराइएको छ । चलचित्रको एउटा गितमा नृत्य गराएर नै महंगो पारिश्रमिक दिइएको भन्दै चलचित्रको चर्चा समेत भएको थियो । चलचित्रमा अनुप बिक्रम शाही,बिक्रम जोशी, बुद्धी तामाङ,रबिन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस्तै केही समय अघिमात्र निर्माण भएको चलचित्र द म्यान फ्रम काठमाण्डौमा पनि हलिउड तथा बलिउड कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रको मुख्य पात्रमा हलिउडका जोसे मेन्यूललाई प्रस्तुत गरिएको छ भने चलचित्रमा बलिउडका चर्चित कलाकार गुल्शन ग्रोभर,हमीद शेख लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई नेपाली तथा अंग्रेजी भाषामा अनुवाद गरिएको छ ।

Tags: बलिउड कलाकारबलिउड चलचित्र
Previous Post

दीपक दीपा र भुवनको सहकार्य चर्चा : दीपक र अनमोल एउटै चलचित्रमा

Next Post

अमेरिका उडिन् श्रृङ्खला,सिसनले भने “अल द बेस्ट पाण्डुराम”

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चैत्र १, २०८२, १०:०६ बिहान
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
Next Post
अमेरिका उडिन् श्रृङ्खला,सिसनले भने “अल द बेस्ट पाण्डुराम”

अमेरिका उडिन् श्रृङ्खला,सिसनले भने “अल द बेस्ट पाण्डुराम”

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

by विशेष अनलाइन
चैत्र १, २०८२, १०:०६ बिहान
0

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।