विशेष अनलाइन । ऋषि लामिछानेद्वारा निर्देशित चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ। क्युएफएक्स सिभिल मलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको चलचित्रको ३ मिनेट ४१ सेकेण्डको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश परेको छ । सार्वजनिक ट्रेलरमा प्रमुख कलाकार केदारप्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरीलाई चित्रण गरिएको छ ।
भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा केदार र वर्षासहित र्यन सिग्देल ,विल्सन विक्रम राई, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी (मिस पबी), राधिका कँडेल लगायतको अभिनय रहेको छ ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, मित्र डि। गुरुङको सम्पादन, सामीप्य राज तिमल्सेनाको लेखन रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, त्सूजील कर्माचार्यको ब्याकग्राउन्ड म्यूजिक, साहिल खानको ट्रेलर सम्पादन तथा दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको छ । चलचित्रका निर्माता मधुसुदन शर्मा हुन् । चलचित्रमा समावेश ‘जिन्दगी चल्दैछ ऐसमा’ गीत अहिले निकै चर्चामा रहेको छ ।










Discussion about this post