विशेष अनलाइन । अभिनेत्री तथा निर्मात्री निता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’ मा अभिनेत्री बिपना थापा अनुबन्धित भएकी छिन् । निर्माण युनिटले उनलाई चलचित्रमा मुख्य भूमिका रहने गरी अनुबन्ध गरेको हो।
यसअघि निता र बिपनाले चलचित्र ‘ह्रस्व दीर्घ’ मा सहकार्य गरेका थिए। ‘सुख दुःख’ उनीहरूको दोस्रो सहकार्य हो। बिपनाले चलचित्रमा काम गर्ने अवसर पाउँदा एकदमै उत्साहित रहेको बताइन्। उनले भनिन्, ” चलचित्रको कथाले मलाई गहिरो रूपमा छोयो र निताको निर्देशनमा पुनः काम गर्न पाउनु खुशीको कुरा हो।”
निताले आफ्नो चलचित्रमा बिपनालाई अनुबन्ध गर्न पाउँदा असाध्यै खुसी लागेको प्रतिक्रिया दिइन्। उनले बिपनाको भूमिका चलचित्रमा विशेष महत्त्व राख्ने बताइन्। यसअघि निताले कलाकारका रूपमा मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठलाई अनुभन्धित गरिसकेकी छिन्।
आगामी फागुन महिनाबाट छायाङ्कन सुरु हुन लागेको चलचित्रको छायांकन भारतका चर्चित छायाकार कबिरलाल र शाहिदलाल ले गर्नेछन्। निता फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र आगामी वर्षको दसैंको फूलपातीबाट प्रदर्शनमा आउने तय भएको छ। चलचित्रको वितरण अधिकार उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले लिएका छन्।










Discussion about this post