विशेष अनलाइन । सरोज पौडेल निर्देशित नयाँ नेपाली चलचित्र ‘कोशेढुंगा’ को छायांकन सकिएको छ। सोमबार ५१ दिनको नियमित छायांकनपछि चलचित्रको छायांकन सम्पन्न भएको निर्देशक पौडेलले जानकारी दिएका छन्। पौडेल यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो सफल चलचित्र निर्देशन गरिसकेका छन्।
चलचित्रको छायांकन ललितपुरको च्यासल, मकवानपुरको चितलाङ र मार्खु क्षेत्रमा गरिएको हो। चलचित्र भदौ १२ गते वाट नेपालसहित ४० भन्दा बढी देशमा एकसाथ प्रदर्शन गरिने योजना छ। अन्तर्राष्ट्रिय स्तरमा यसको वितरण सेभेन सिज इन्टरनेसनलले गर्नेछ, जसका निर्देशक प्याट्रिक सुवेदी र रमेश ढकाल हुन्।
नरदेवी फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा सुरक्ष पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, मञ्जिल कुमार, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्।










Discussion about this post