विशेष अनलाइन । राजन भुसालले निर्देशन गरेको चलचित्र ‘एक्टरः टेक वन’को प्रदर्शन मिति हेर्फेर भएको छ । कार्तिक १५ बाट प्रदर्शनमा आउनेको भनिएको चलचित्र सरेर माघ १६ गते पुगेको छ ।
निर्माण युनिटका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति सार्नु परेको थमनकुमार भण्डारीले बताएका छन् । मिति परिवर्तन गरेकोमा वितरक, चलचित्र प्रेमी र अन्य सरोकारवालाहरूलाई परेको असुविधाप्रति क्षमा समेत निर्माण पक्षले मागको छ ।
चलचित्रमा प्रदीप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र ‘एक्टरः टेक वन’ ‘अदृत फिल्मस्’ र ‘मोती फिल्मस्’ को संयुक्त प्रस्तुतिमा बनेको हो । चलचित्रका निर्मार्ता मनकुमार भण्डारी र मोती कार्की हुन् । चलचित्रका सह–निर्माता अनिश भुसाल रहेका छन् ।
Discussion about this post