BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘बोक्सीको घर’ले मनायो ५१ दिन, निर्देशक भन्छन् ‘मृत्यु भएको अनुभव गरेको छु’

विशेष अनलाइन by विशेष अनलाइन
असार २, २०८१, ५:०७ मध्यान्ह
in FEATURE, चलचित्र
‘बोक्सीको घर’ले मनायो ५१ दिन, निर्देशक भन्छन् ‘मृत्यु भएको अनुभव गरेको छु’
96
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले प्रदर्शनको ५१ औँ दिन मनायो । प्रदर्शन हुँदै गर्दा चलचित्रले ५१ दिन मनाउन सफल हुन्छ भन्ने सायदै कमैले सोचेका थिए । तर अन्ततः नपत्याउने खोलाले बगायो । काठमाण्डौको न्युरोडस्थित रञ्जना सिनेप्लेक्स हल लगायत देशका केही चलचित्र हलहरूमा चलचित्रले प्रदर्शनको ५१ दिन मनाउन सफल भएको हो।

चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार चलचित्रले १० करोडभन्दा माथि कमाउन सफल भएको छ । बोर्डको बक्स अफिस तथ्यांक अनुसार ‘बोक्सीको घर’ २०८१ सालमा प्रदर्शनमा आएका चलचित्रहरूमध्ये सर्वाधिक कमाउने घरेलु चलचित्र समेत बनेको छ ।

चलचित्रले ५१ दिन मनाउँदै गर्दा चलचित्रकी कलाकार समेत रहेकी निर्मात्री केकी अधिकारीले चलचित्रको सिक्वेल बनाउने तयारीमा रहेको समेत उल्लेख गरेकी छन् । केकीले यसो भनिरहँदा चलचित्र निर्माण युनिट तथा केही कलाकारहरू समेत केकीसँग असन्तुष्टि रहेको पाइएको छ । केही समय अघि एक अन्तरवार्तामा बोल्दै चलचित्रका कलाकारहरू मध्यकी एक रमा थपलियाले केकी अधिकारीले चलचित्र सफल भएपछि कलाकारको व्यवस्था गरेको आरोप लगाएकी थिइन् ।

उनले अन्तरवार्तामा बोल्दै केकीको व्यवहारबाट आफ्नो चित्त दुखेको उल्लेख गरेकी थिइन् । यता चलचित्रले ५१ दिन मनाइरहँदा चलचित्रका लेखक तथा निर्देशक साथै कलाकार समेत रहेका सुलक्षण भारतीले केकीसँग चर्को असन्तुष्टि पोखेका छन् । यसरी हेर्दा कलाकार मात्र हैन निर्देशक र निर्माताबिचको विवाद  समेत सतहमा आएको छ ।

चलचित्रको निर्देशक र लेखक भए पनि आफूलाई बेवास्ता गरिएको आरोप लगाउँदै निर्देशक भारतीले सामाजिक सञ्जालमा एक स्ट्याटस नै लेखेका छन् । ५१ दिनको सन्दर्भमा फेसबुकमा स्ट्याटस पोस्ट पढ्दा उनको असन्तुष्टि निर्मात्री समेत रहेकी केकी अधिकारीतर्फ नै लक्षित रहेको बुझ्न सकिन्छ ।

मलाई जुन माया दर्शकहरूले दिनुभयो त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईँहरूको मायाले आज चलचित्र बोक्सीको घरले ५१ दिन मनाउन सफल भएको छ । यस चलचित्रका मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको भूमिकामा म सुलक्षण भारतीले काम गरेको छु ।

यहाँ आफ्नो लागि आफैँले बोल्नुपर्ने रहेछ र लड्नुपर्ने रहेछ । यी मेरा प्रश्नहरू हुन्, कसैप्रति आक्षेप भने होइन । प्रश्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो । यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रश्नहरू हुन् । ‘काम गर्ने कालु माम खाने आलु’ के यो उखानले सार्थकता राख्छ ?’

यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ? कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु, के यो अनुभव स्वाभाविक हो ?

जसले जे काम गरेको छ, त्यसको उचित मूल्याङ्कन हुन जरुरी छ वा छैन ? लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रूपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र ? के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र ?

बौद्धिक चोरी भनेको के हो ? बोक्सीको घर आखिरमा कसले बनाएको चलचित्र हो ?

अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र केका लागि बनाउने ? दर्शक र सर्जकबिचको पुल भनेको अहिलेको समयमा सञ्चारमाध्यम हो । यस विषयमा कसले ध्यान दिने ? एउटा सर्जक र उसको कामको मूल्याङ्कन के आवश्यकताको विषय होइन र ? ‘हिप्पोक्रेसी अन इट्स टप ।’

Previous Post

टुँडिखेलबाट सुरु भयो ‘घरज्वाइँ’को प्रचार

Next Post

चलचित्र ‘देवी’ को प्रदर्शन भदौ २१ गते हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
चलचित्र ‘देवी’ को प्रदर्शन भदौ २१ गते हुने

चलचित्र ‘देवी’ को प्रदर्शन भदौ २१ गते हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।