बिशेष अनलाइन । हास्य कलाकार किरण केसी ‘राता मकै’लगायत अन्य केही ब्यक्तिको नाममा रहेको ४० बिघा जग्गा कब्जामा परेको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले चितवनको माडीस्थित पौबारीमा रहेको ४० बिघा जग्गा कब्जामा लिएको घोषणा गरेको हो।
शनिबार दिउँसो १ बजे नेकपा क्रान्तिकारी माओवादीको झण्डा गाडेर उक्त जग्गा कब्जा गरेको जनाएको हो। ‘हास्यकलाकार राता मकै’ लगायतको ट्वान्टी वान समूहले चितवनको माडी नगरपालिका–२ मा पर्ने पौबारीमा गैरकानुनीरुपमा जमिन खण्डीकरण गरेको आरोप लगाउदै उक्त जग्गा कब्जा गरिएको जनाएको छ ।
नेकपा क्रान्तिकारी माओवादीले गैरकानुनीरुपमा जमिन खण्डीकरण गर्ने कार्यमा माडी नगरपालिकाका मेयर ठाकुर ढकालको पनि संलग्नता रहेको आरोप लगाएको छ। हास्य कलाकार किरण केसी नेपाली चलचित्र नगरीका धनी कलाकारका रुपमा परिचित छन् ।
Discussion about this post