BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘मालती मंगले’ को टिजर सार्वजनिक, वैशाख २५ मा प्रदर्शन हुने

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २६, २०८२, ८:५८ मध्यान्ह
in FEATURE, चलचित्र
‘मालती मंगले’ को टिजर सार्वजनिक, वैशाख २५ मा प्रदर्शन हुने
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली सुगम संगीत र पार्श्व गायनका प्रतिष्ठित गायक रामकृष्ण ढकाल अब चलचित्र निर्माणको क्षेत्रमा पनि सक्रिय भएका छन्। उनले निर्माण गरेको चलचित्र ‘मालती मंगले’ को आधिकारिक टिजर हालै सार्वजनिक गरिएको छ। करिब अढाइ दशकअघि आफ्नै सांगीतिक जीवनमा आधारित चलचित्र ‘आशीर्वाद’ मार्फत अभिनयमा देखिएका ढकालले यसपटक पर्दा पछाडि बसेर ग्रामीण परिवेशको कथालाई प्रस्तुत गरेका हुन्।

प्रकु पाण्डेको निर्देशन रहेको यस चलचित्रले ग्रामीण दम्पतीको प्रेम, उनीहरूको सम्बन्धमा आउने उतारचढाव र तत्कालीन सामाजिक परिवेशलाई मुख्य विषयवस्तु बनाएको छ। सार्वजनिक टिजरको सुरुवात चलचित्रका शीर्ष कलाकार विजय बराल र वर्षा राउत बिचको प्रेमाकर्षणबाट हुन्छ। टिजरमा उनीहरूको प्रेमिल सम्बन्धसँगै पछि देखिने द्वन्द्व र चुनौतीहरूलाई सङ्केत गर्दै दर्शकमाझ कौतुहलता जगाउने प्रयास गरिएको छ।

रानी फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रमा विजय र वर्षाका साथमा मेक्सम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम, सुस्मा निरौला र सरिता गिरीको सशक्त अभिनय रहेको छ। साथै, बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटाले पनि चलचित्रमा अभिनय गरेका छन्। संयोग गुरागाईंको पटकथा तथा संवाद रहेको यस चलचित्रलाई महेश पौडेलले छायांकन गरेका हुन् भने सम्पादनको जिम्मेवारी रोमी मोसेजले निभाएका छन्।

चलचित्रका सार्वजनिक दुई गीतहरू ‘सुनैको सपनी’ र ‘ढुंगामाथि लेउ’ ले यसअघि नै दर्शक र श्रोताको निकै माया बटुलिसकेका छन्। यी गीतहरूको सफलताले चलचित्रप्रति थप आशा जगाएको छ। रोशन विश्वकर्माको कोरियोग्राफी र मनोज जोशीको कला निर्देशन रहेको यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्।

ग्रामीण जीवनको यथार्थपरक कथा पस्कने तयारीमा रहेको यो चलचित्र आगामी वैशाख २५ गते देखि नेपालभरका सिनेमा हलहरूमा प्रदर्शन हुने तयारीमा छ।

Previous Post

कास्कीको मिर्सा गाउँबाट सुरु भयो ‘पार्वती’को छायाङ्कन

Next Post

चलचित्र ‘बा : एक योद्धा’मा झरना र सुहाना पहिलोपटक एकसाथ देखिँदै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

चैत्र २६, २०८२, १०:०३ मध्यान्ह
दलित समुदायसँग मदनकृष्णको माफी: ‘मेरा पुर्खाबाट भएका गल्तीप्रति क्षमा चाहन्छु’

दलित समुदायसँग मदनकृष्णको माफी: ‘मेरा पुर्खाबाट भएका गल्तीप्रति क्षमा चाहन्छु’

चैत्र २६, २०८२, ९:५० मध्यान्ह
चलचित्र ‘बा : एक योद्धा’मा झरना र सुहाना पहिलोपटक एकसाथ देखिँदै

चलचित्र ‘बा : एक योद्धा’मा झरना र सुहाना पहिलोपटक एकसाथ देखिँदै

चैत्र २६, २०८२, ९:११ मध्यान्ह
कास्कीको मिर्सा गाउँबाट सुरु भयो ‘पार्वती’को छायाङ्कन

कास्कीको मिर्सा गाउँबाट सुरु भयो ‘पार्वती’को छायाङ्कन

चैत्र २४, २०८२, २:२५ मध्यान्ह
‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

चैत्र २४, २०८२, २:१३ मध्यान्ह
Next Post
चलचित्र ‘बा : एक योद्धा’मा झरना र सुहाना पहिलोपटक एकसाथ देखिँदै

चलचित्र ‘बा : एक योद्धा’मा झरना र सुहाना पहिलोपटक एकसाथ देखिँदै

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

by विशेष अनलाइन
चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
0

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

by विशेष अनलाइन
चैत्र २६, २०८२, १०:०३ मध्यान्ह
0

दलित समुदायसँग मदनकृष्णको माफी: ‘मेरा पुर्खाबाट भएका गल्तीप्रति क्षमा चाहन्छु’

दलित समुदायसँग मदनकृष्णको माफी: ‘मेरा पुर्खाबाट भएका गल्तीप्रति क्षमा चाहन्छु’

by विशेष अनलाइन
चैत्र २६, २०८२, ९:५० मध्यान्ह
0

चलचित्र ‘बा : एक योद्धा’मा झरना र सुहाना पहिलोपटक एकसाथ देखिँदै

चलचित्र ‘बा : एक योद्धा’मा झरना र सुहाना पहिलोपटक एकसाथ देखिँदै

by विशेष अनलाइन
चैत्र २६, २०८२, ९:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    591 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।