विशेष अनलाइन । बंगाली निर्देशक सुभेन्दु घोषको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘आइएम जितबहादुर’ को फर्स्टलुक टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेता जितु नेपाल (मुन्द्रे) लाई फरक र गम्भीर भूमिकामा प्रस्तुत गरेको छ। सार्वजनिक टिजरमा चलचित्रका मुख्य पात्रले भोग्नुपरेको मानसिक र शारीरिक संघर्षलाई निकै कलात्मक ढंगले देखाइएको छ। विशेषगरी टिजरमा प्रयोग गरिएको साउन्ड र ग्राफिक्सको गुणस्तरले चलचित्र निकै स्तरीय बनेको देखिन्छ ।
सार्वजनिक टिजरमा जितुको पात्रलाई विभिन्न भावभङ्गीमा उतारिएको छ, जहाँ उनी कहिले गहिरो चोटमा त कहिले खुसी र पीडाको दोसाँधमा देखिन्छन्। चलचित्रमा जितुको जोडी अभिनेत्री वर्षा राउतसँग बाँधिएको छ भने प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत कलाकारहरूको पनि महत्वपूर्ण अभिनय रहेको छ।
कर्मभूमि क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा जितु नेपाल निर्माताको रूपमा रहेका छन् । सह-निर्माताहरू राजन सिंखडा र दीपेन्द्र अधिकारी हुन् भने निश्चल कुँवर र नीरज नेपाल कार्यकारी निर्मातामा छन् । भारतीय मुलका अरविन्दको छायांकन रहेको चलचित्रले कलाकार बन्न गाउँबाट सहर आएको एक युवकको संघर्षको कथालाइ उताएको जानाइएको छ ।









Discussion about this post