BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘हामी तीन भाइ’ को अग्रिम टिकट बुकिङ खुल्ला

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र ११, २०८२, २:२२ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘हामी तीन भाइ’ को अग्रिम टिकट बुकिङ खुल्ला
52
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । मधुसुधन भट्टराईद्वारा निर्देशित सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘हामी तीन भाइ’ को अग्रिम टिकट बिक्री सुरु भएको छ। आगामी चैत १३ गते शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शन हुन लागेको यस चलचित्रका लागि क्यूएफएक्स र आइएनआइसहितका प्रमुख हलहरूले मंगलबार बेलुकादेखि नै बुकिङ खुला गरेका हुन्। केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको यस चलचित्र  १३७ मिनेट रहेको छ।

प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले लगानी गरेका हुन्। चलचित्रले विशेषगरी तीन दाजुभाइबीचको पारिवारिक सम्बन्ध र धनसम्पत्तिका कारण उनीहरूबीच पैदा हुने दरारको कथालाई पर्दामा उतारेको छ। सामाजिक परिवेशसँगै मनोरञ्जनात्मक कमेडीलाई पनि समेटिएकाले यस चलचित्रलाई दर्शकले मन पराउनेमा निर्माताहरू निकै आशावादी देखिएका छन्।

चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जान्वी बस्नेत र फलित राईको मुख्य भूमिका रहेको छ। साथै, वरिष्ठ कलाकार राजाराम पौडेल, रवीन्द्र झा र विष्णु सापकोटालगायतको पनि सशक्त अभिनय देख्न पाइनेछ। चलचित्रलाई पछिल्लो समयका व्यस्त लेखक शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका हुन् भने साजित महत यसका प्रस्तुतकर्ता रहेका छन्।

सह-निर्माताका रूपमा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे आबद्ध हुनुहुन्छ। सुरुवाती चरणमा केही कम शोज पाएको भए तापनि, प्रदर्शनपछि बलियो ‘वर्ड अफ माउथ’ प्राप्त भएमा चलचित्रको शोज संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा निर्माण पक्षले राखेको छ। चलचित्रको प्रतिस्पर्धा आगामी शुक्रबार नै प्रदर्शन हुन लागेको हलिउडको एक्सन, हरर र कमेडी चलचित्र ‘दे विल किल यू’ सँग हुने देखिन्छ।

Previous Post

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा नवीन मेन्याङ्बो पुनः सर्वसम्मत निर्वाचित

Next Post

जितु नेपालको बहुआयामिक अवतार: ‘आइएम जितबहादुर’ को टिजर सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

चैत्र १६, २०८२, ८:५७ मध्यान्ह
झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

चैत्र १६, २०८२, ८:३० मध्यान्ह
अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

चैत्र १६, २०८२, ७:४६ मध्यान्ह
दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

चैत्र १६, २०८२, ६:४८ मध्यान्ह
रङ्गमञ्चबाट चलचित्रको पर्दामा उदाउँदै डेभिड बिष्ट: सौगात मल्लसँगै ‘जुबा’मा देखिने

रङ्गमञ्चबाट चलचित्रको पर्दामा उदाउँदै डेभिड बिष्ट: सौगात मल्लसँगै ‘जुबा’मा देखिने

चैत्र १२, २०८२, १०:३१ मध्यान्ह
कुल ब्वाय र सिम्रन पन्तको ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुँदै

कुल ब्वाय र सिम्रन पन्तको ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुँदै

चैत्र १२, २०८२, १०:०० मध्यान्ह
Next Post
जितु नेपालको बहुआयामिक अवतार: ‘आइएम जितबहादुर’ को टिजर सार्वजनिक

जितु नेपालको बहुआयामिक अवतार: ‘आइएम जितबहादुर’ को टिजर सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

by विशेष अनलाइन
चैत्र १६, २०८२, ८:५७ मध्यान्ह
0

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

by विशेष अनलाइन
चैत्र १६, २०८२, ८:३० मध्यान्ह
0

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

by विशेष अनलाइन
चैत्र १६, २०८२, ७:४६ मध्यान्ह
0

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

by विशेष अनलाइन
चैत्र १६, २०८२, ६:४८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    591 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।