BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा नवीन मेन्याङ्बो पुनः सर्वसम्मत निर्वाचित

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १०, २०८२, ९:३४ मध्यान्ह
in FEATURE, चलचित्र
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा नवीन मेन्याङ्बो पुनः सर्वसम्मत निर्वाचित
52
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । याक्थुङ चलचित्रकर्मी संघको केन्द्रीय कार्यसमितिको अध्यक्षमा कलाकार तथा निर्माता नवीन मेन्याङ्बो पुनः सर्वसम्मत निर्वाचित भएका छन्। संस्थापक अध्यक्ष समेत रहेका मेन्याङ्बो चैत्र ५ गते धरानमा सम्पन्न संघको दोस्रो महाधिवेशन तथा चौथो साधारण सभाबाट आगामी कार्यकालका लागि चुनिएका हुन्। उनको नेतृत्वमा संघले नयाँ उचाइ लिने विश्वास लिइएको छ।

नयाँ कार्यसमितिमा मेन्याङ्बोको नेतृत्वमा ५ जना उपाध्यक्षहरू चयन गरिएको छ, जसमा तेज मेन्याङ्बो, शैलेन्द्र नाल्वो, दिलीप फुरुम्बो, टेकराज तिगेला र कर्ण सम्वाहाम्फे रहेका छन्। त्यसैगरी, सचिव पदमा प्रकाश लिम्बु, मणिकुमार लिम्बु र रमेश मावोहाङ निर्वाचित भएका छन्। कोषाध्यक्षमा संचमाया सम्बाहाम्फे र सह-कोषाध्यक्षमा सोम बहादुर लिम्बुसहित जम्मा ३५ जनाको जम्बो कार्यसमिति गठन गरिएको छ।

नवनिर्वाचित अध्यक्ष मेन्याङ्बोको चलचित्र यात्रा निकै लामो र संघर्षपूर्ण रहेको छ। वि.सं. २०५२ सालमा ‘थिएटर साहारा’को संस्थापक अध्यक्ष बनेर रंगमञ्चबाट आफ्नो यात्रा सुरु गरेका उनी विगत तीन दशकदेखि निरन्तर कला क्षेत्रमा सक्रिय छन्। उनले रंगमञ्चको अनुभवलाई पर्दामा उतार्दै नेपाली तथा लिम्बु भाषाका चलचित्रहरूमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।

उनको अभिनय यात्रालाई हेर्ने हो भने ‘लेखान्त’, ‘क्याबिन गर्ल’, ‘क्रस फायर’, ‘आँखिम’, ‘टिनएजर्स’ र प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हाङ्नाद’ लगायत एक दर्जनभन्दा बढी चलचित्रहरूमा उनले अभिनय गरिसकेका छन्। यसका साथै उनले टेलिसिरियल ‘कर्म’ र दुई दर्जनभन्दा बढी नाटकहरूमा लेखन, निर्देशन तथा अभिनय मार्फत आफ्नो बहुमुखी प्रतिभा प्रदर्शन गरेका छन्।

मेन्याङ्बो आफ्नो सशक्त अभिनयका लागि विभिन्न पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्। उनले वि.सं. २०६७ मा चलचित्र ‘टिनएजर्स’ बाट ‘डाबर अवला फावन फिल्म फेस्टिवल’मा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। त्यस्तै, नाटक ‘निर्दोषी उनी’ बाट सांस्कृतिक संस्थानले उनलाई ‘उत्कृष्ट अभिनेता’ को पुरस्कार प्रदान गरेको थियो।

Previous Post

चलचित्र ‘तेल भिसा’का निर्माता शिवराज कार्की ठगी आरोपमा पक्राउ

Next Post

चलचित्र ‘हामी तीन भाइ’ को अग्रिम टिकट बुकिङ खुल्ला

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

चैत्र १६, २०८२, ८:५७ मध्यान्ह
झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

चैत्र १६, २०८२, ८:३० मध्यान्ह
अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

चैत्र १६, २०८२, ७:४६ मध्यान्ह
दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

चैत्र १६, २०८२, ६:४८ मध्यान्ह
रङ्गमञ्चबाट चलचित्रको पर्दामा उदाउँदै डेभिड बिष्ट: सौगात मल्लसँगै ‘जुबा’मा देखिने

रङ्गमञ्चबाट चलचित्रको पर्दामा उदाउँदै डेभिड बिष्ट: सौगात मल्लसँगै ‘जुबा’मा देखिने

चैत्र १२, २०८२, १०:३१ मध्यान्ह
कुल ब्वाय र सिम्रन पन्तको ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुँदै

कुल ब्वाय र सिम्रन पन्तको ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुँदै

चैत्र १२, २०८२, १०:०० मध्यान्ह
Next Post
चलचित्र ‘हामी तीन भाइ’ को अग्रिम टिकट बुकिङ खुल्ला

चलचित्र ‘हामी तीन भाइ’ को अग्रिम टिकट बुकिङ खुल्ला

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

by विशेष अनलाइन
चैत्र १६, २०८२, ८:५७ मध्यान्ह
0

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

by विशेष अनलाइन
चैत्र १६, २०८२, ८:३० मध्यान्ह
0

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

by विशेष अनलाइन
चैत्र १६, २०८२, ७:४६ मध्यान्ह
0

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

by विशेष अनलाइन
चैत्र १६, २०८२, ६:४८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    591 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।