BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘बा : एक योद्धा’को छायांकन पशुपतिबाट सुरु

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १०, २०८२, ९:०२ मध्यान्ह
in FEATURE, चलचित्र
‘बा : एक योद्धा’को छायांकन पशुपतिबाट सुरु
52
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पाइला चाल्ने भएका छन्। उनले चलचित्र ‘बा : एक योद्धा’ बाट आफ्नो निर्देशकीय यात्राको श्रीगणेश गरेका हुन्। सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै यस चलचित्रको औपचारिक छायांकन सुरु गरिएको छ। यस चलचित्रको कथा तथा पटकथा लेखन पनि निर्देशक लम्साल स्वयंले गरेका हुन्।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले सन्तानका लागि एक बाबुले गर्ने त्याग, समर्पण र जीवनको संघर्षलाई मुख्य विषयवस्तु बनाएको छ। चलचित्रको प्राविधिक पक्षलाई बलियो बनाउन प्रसिद्ध छायाँकार शिवराम श्रेष्ठलाई अनुबन्ध गरिएको छ। यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता ब्लकबस्टर चलचित्रहरू खिचिसकेका श्रेष्ठको संलग्नताले यो चलचित्र दृश्यका हिसाबले निकै उत्कृष्ट बन्ने अपेक्षा गरिएको छ।

यस चलचित्रका निर्माता वसन्त लम्साल हुन्, जो स्वयं एक गायक तथा संगीतकार पनि हुन्। उनले गत वर्ष विपिन कार्की र उपासना सिंह ठकुरीलाई समेटेर एक्सन प्रधान चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए। यद्यपि ‘कर्मा’ व्यावसायिक रूपमा सफल हुन सकेन, तर ‘बा : एक योद्धा’को कथावस्तु निकै सशक्त लागेकाले आफूले यसमा लगानी गरेको निर्माता लम्सालले बताएका छन्।

रोचक पक्ष के छ भने, चलचित्रको छायांकन सुरु भइसक्दा पनि निर्माण पक्षले मुख्य कलाकारहरूको नाम भने गोप्य नै राखेको छ। दर्शकहरूलाई ‘सरप्राइज’ दिने उद्देश्यले तत्काल कलाकारहरूको नाम सार्वजनिक नगरिएको निर्देशक लम्सालको भनाइ छ। चलचित्रको छायांकन सकिएपछि मात्र ‘फर्स्टलुक’ पोस्टरमार्फत कलाकारहरूको आधिकारिक जानकारी दिइने तयारी गरिएको छ।

Previous Post

आ बाट आमा’को सानदार ५१ दिन: १३ करोड क्लबमा प्रवेश, दोस्रो भागको तयारी

Next Post

चलचित्र ‘तेल भिसा’का निर्माता शिवराज कार्की ठगी आरोपमा पक्राउ

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

चैत्र १६, २०८२, ८:५७ मध्यान्ह
झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

चैत्र १६, २०८२, ८:३० मध्यान्ह
अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

चैत्र १६, २०८२, ७:४६ मध्यान्ह
दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

चैत्र १६, २०८२, ६:४८ मध्यान्ह
रङ्गमञ्चबाट चलचित्रको पर्दामा उदाउँदै डेभिड बिष्ट: सौगात मल्लसँगै ‘जुबा’मा देखिने

रङ्गमञ्चबाट चलचित्रको पर्दामा उदाउँदै डेभिड बिष्ट: सौगात मल्लसँगै ‘जुबा’मा देखिने

चैत्र १२, २०८२, १०:३१ मध्यान्ह
कुल ब्वाय र सिम्रन पन्तको ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुँदै

कुल ब्वाय र सिम्रन पन्तको ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुँदै

चैत्र १२, २०८२, १०:०० मध्यान्ह
Next Post
चलचित्र ‘तेल भिसा’का निर्माता शिवराज कार्की ठगी आरोपमा पक्राउ

चलचित्र ‘तेल भिसा’का निर्माता शिवराज कार्की ठगी आरोपमा पक्राउ

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

by विशेष अनलाइन
चैत्र १६, २०८२, ८:५७ मध्यान्ह
0

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

by विशेष अनलाइन
चैत्र १६, २०८२, ८:३० मध्यान्ह
0

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

by विशेष अनलाइन
चैत्र १६, २०८२, ७:४६ मध्यान्ह
0

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

by विशेष अनलाइन
चैत्र १६, २०८२, ६:४८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    591 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।