विशेष अनलाइन । आकाश बराल र साजन काफ्लेको संयुक्त निर्देशन तथा पटकथा रहने चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन सुरु भएको छ । आइतबार पोखरा महानगरपालिका– १६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायाङ्कन सुरु गरेको हो । चलचित्रको पहिलो सटमा विजयसहित प्रकाश घिमिरे, राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए । चलचित्रको छायाङ्कन कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीहरूमा हुनेछ ।
चलचित्रमा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमा बुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किउन्जेल शवलाई सुरक्षित राख्न ‘डिप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिको कथालाइ उठान गरिने भएको छ ।
नेपाली मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा विजय बराल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल र वासु खनाल लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
चलचित्रको कार्यकारी निर्माता मोती कार्की रहेका छन् । चलचित्रलाई निशाल पौडेलले छायांकन गर्दैछन् । चलचित्रको सम्पादन चानस पुन मगर र रंग संयोजन राजेन्द्र मोक्तानले गर्नेछन् । चलचित्रमा अङ्कित बाबु अधिकारीको संगीत तथा युवराज काफ्लेको शब्द रचना रहेको छ । चलचित्रको पब्लिसिटी डिजाइन रोयल भिमसेन नेतृत्वको ट्राइडेन्ट कन्सेप्टले गर्नेछ ।










Discussion about this post