विशेष अनलाइन । भिम लामाको लेखन तथा निर्देशनमा बनेको सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्र ‘लडाईँ पहिचानको’ को पहिलो गीत ‘काली काली प्यारी दिल वाली’ सार्वजनिक गरिएको छ। गीतलाई ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सार्वजानिक गितमा रगुन गुरुङ र रोजिना बस्नेतको आवाज रहेको छ । गीतमा बुद्धवीर लामाको शब्द र बलराम समालको संगीत रहेको छ। मणि कुमार लिम्बुले कोरियोग्राफी गरेको गीतमा करिश्मा मानन्धर र धिरेन शाक्यसहितका कलाकारहरुको अभिनय देख्न सकिन्छ।
मंसीर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रसान्त तामाङ, धिरेन शाक्य, करिष्मा मानन्धर, राजेन्द्र खड्गी, सुरबिर पण्डित, जेनी घिसिङ, प्रेम सुब्बा, पर्शुराम चौधरी, रामजी बिष्ट,अरुण कुमार प्रधान, सुबास तामाङ, रोसन शर्मा, शर्मिला राई, किशोर सम्बाहाम्फे, दिनेश कोइराला, छिरिङ शेर्पा, डम्बर कुमारी लिम्बू ,पबि तेम्बे , सुदिप लिम्बू, अम्बिका ढकाल कविता राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रका निर्माता भिम लामा, रामजी बिष्ट, दिलु सुब्बा र उमेश तामाङ हुन्। गीतमा बुद्धवीर लामा, इरान राई, राजहाङ आङ्बो, भिम बस्नेत, सागर तामाङ लगायतका सिर्जनाकारहरूको शब्द समेटिएको छ। नृत्य निर्देशन मनि कुमार लिम्बू र सानुराजा लिम्बू ले गरेका छन् भने सम्पादन रमेश बिशुङ्खे ले गरेका छन्। थलिवुड मोशन पिक्चर्स को पोस्ट–प्रोडक्सनमा तयार भएको यस चलचित्रलाई कुबेर सिने प्रा.लि. ले वितरण गर्नेछ।










Discussion about this post