विशेष अनलाइन । यस वर्षको दशैंको फूलपातीको दिनदेखि नेपालभर प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘बलिदान’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ। निर्माता–निर्देशक सन्तोष सेनका अनुसार चलचित्र अमेरिकाभर २०० भन्दा बढी हलमा रिलिज हुनेछ।
अमेरिकाको प्रमुख सिनेमा चेन एएमसीसँगै सिनेमार्क, मार्कस र रेगल जस्ता ठूला हल नेटवर्कमार्फत ‘बलिदान’ प्रदर्शन हुने दाबी गरिएको छ। सेनका अनुसार अमेरिकामा मात्रै चलचित्रका एकहजारभन्दा बढी शो हुनेछन्।
आशुसेन फिल्म्सको प्रस्तुतिमा बनेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी र स्वयं सेनकै अभिनय देख्न सकिन्छ। चलचित्रको पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेका छन्।










Discussion about this post