विशेष अनलाइन । लोकप्रिय गायन रियालिटी शो ‘नेपाल आइडल’ को छैटौँ सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन्। आइतबार राति राजधानीमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्।
आयोजकका अनुसार, विजेतासँगै उनलाई २५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। यस्तै, दोस्रो स्थान (फर्स्ट रनरअप) हासिल गर्ने बबिता थापामगरले १० लाख रुपैयाँ र तेस्रो स्थान (सेकेन्ड रनरअप) मा पुगेकी दर्शना गान्धारीले ५ लाख रुपैयाँ प्राप्त गरिन्।
यसैगरी, चौथो स्थानमा रहेका अभिनय खाती र पाँचौँ स्थानमा पुगेका मृनल मानन्धर दुवैले १–१ लाख रुपैयाँ प्राप्त गरेका छन्।
फिनालेमा गंगा सोनामसहित बबिता थापामगर, दर्शना गान्धारी, अभिनय खाती र मृनल मानन्धर शीर्ष पाँच प्रतिस्पर्धीका रूपमा उपस्थित थिए।










Discussion about this post