BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कास्कीको मिर्सा गाउँबाट सुरु भयो ‘पार्वती’को छायाङ्कन

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २४, २०८२, २:२५ मध्यान्ह
in FEATURE, चलचित्र
कास्कीको मिर्सा गाउँबाट सुरु भयो ‘पार्वती’को छायाङ्कन
52
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  चर्चित अभिनेत्री निता ढुङ्गाना अब निर्देशकको भूमिकामा देखिने भएकी छन्। निता ढुङ्गाना फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘पार्वती’को छायाङ्कन मंगलबारदेखि विधिवत रूपमा सुरु गरिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित रमणीय मिर्सा गाउँमा चलचित्रको शुभ-मुहूर्त गर्दै निर्माण टोली छायाङ्कनमा जुटेको हो।

चलचित्रमार्फत निताले निर्देशनमा मात्र पाइला टेकेकी छैनन्, उनी आफैँ मुख्य भूमिकामा समेत प्रस्तुत हुँदैछिन्। ‘पार्वती’को कथा र पटकथा पनि निता स्वयंले नै तयार पारेकी हुन्, जसलाई पटकथाकार शिवं अधिकारीले स्क्रिप्टको स्वरूप दिएका हुन्। अभिनेत्रीबाट निर्देशकका रूपमा उनको यो रूपान्तरणलाई नेपाली चलचित्र क्षेत्रमा निकै चासोका साथ हेरिएको छ।

चलचित्रमा कलाकारहरूको निकै बलियो र रोचक उपस्थिति रहने देखिएको छ। निताका साथमा चर्चित निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, भाइरल गायक अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पङ्गेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायतका कलाकारहरूको अभिनय रहनेछ। यसमा सरोज अधिकारी (कार्टुन क्रु) क्रियटिभ निर्देशकका रूपमा रहेका छन् भने सुदिप बरालले डिओपीको जिम्मेवारी सम्हालेका छन्।

प्राविधिक पक्षतर्फ हरिहर अधिकारी निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता शंकर पाण्डे हुन्। साहिल खानले सम्पादन गर्ने पक्का भएको यस चलचित्रलाई उच्च स्तरीय प्रविधि र उत्कृष्ट दृश्यहरूका साथ निर्माण गर्ने टोलीको लक्ष्य छ। कलाकारहरूको ठुलो जम्बो टोली लिएर छायाङ्कनमा निस्किएको टिमले सेटबाट केही तस्बिरहरू समेत सार्वजनिक गरेको छ।

निर्माण पक्षले छायाङ्कन सुरु भएकै दिन चलचित्रको प्रदर्शन मिति समेत तय गरेको छ। ‘पार्वती’ आगामी भदौ १२ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउने पक्का भएको छ। लामो समयपछि पर्दामा देखिन लागेकी निता र डेब्यु निर्देशनको यो संगमले दर्शकमाझ कस्तो प्रभाव पार्ने हो, त्यो भने भदौमा नै थाहा हुनेछ।

Previous Post

‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

चैत्र २४, २०८२, २:१३ मध्यान्ह
छायाकार रन्धिर श्रेष्ठको निर्देशनमा डेब्यु: ‘कुम्भ’ जेठ १५ देखि देशभर प्रदर्शन हुने

छायाकार रन्धिर श्रेष्ठको निर्देशनमा डेब्यु: ‘कुम्भ’ जेठ १५ देखि देशभर प्रदर्शन हुने

चैत्र २४, २०८२, १:५१ मध्यान्ह
रेखा थापाको निर्माण र बेनिशा हमालको डेब्यू: रङ्गमञ्चमा अमर न्यौपानेको ‘सेतो धरती’

रेखा थापाको निर्माण र बेनिशा हमालको डेब्यू: रङ्गमञ्चमा अमर न्यौपानेको ‘सेतो धरती’

चैत्र २४, २०८२, १:१७ मध्यान्ह
“म पैसा कमाउन मात्र चलचित्र बनाउँदिन, यो मेरो प्यासन हो” – निर्माता सुशील पोखरेल

“म पैसा कमाउन मात्र चलचित्र बनाउँदिन, यो मेरो प्यासन हो” – निर्माता सुशील पोखरेल

चैत्र २३, २०८२, १०:२२ मध्यान्ह
चैत २७ मा ‘राम नाम सत्य’ मार्फत आयुषको परीक्षा: १२ लाख फलोअर्सलाई हलसम्म तान्ने चुनौती

चैत २७ मा ‘राम नाम सत्य’ मार्फत आयुषको परीक्षा: १२ लाख फलोअर्सलाई हलसम्म तान्ने चुनौती

चैत्र २३, २०८२, ९:४४ मध्यान्ह
कोशीको किनारमा धिरु भाइ र आयुषाको रोमान्स

कोशीको किनारमा धिरु भाइ र आयुषाको रोमान्स

चैत्र २१, २०८२, ९:३३ मध्यान्ह

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

कास्कीको मिर्सा गाउँबाट सुरु भयो ‘पार्वती’को छायाङ्कन

कास्कीको मिर्सा गाउँबाट सुरु भयो ‘पार्वती’को छायाङ्कन

by विशेष अनलाइन
चैत्र २४, २०८२, २:२५ मध्यान्ह
0

‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

by विशेष अनलाइन
चैत्र २४, २०८२, २:१३ मध्यान्ह
0

छायाकार रन्धिर श्रेष्ठको निर्देशनमा डेब्यु: ‘कुम्भ’ जेठ १५ देखि देशभर प्रदर्शन हुने

छायाकार रन्धिर श्रेष्ठको निर्देशनमा डेब्यु: ‘कुम्भ’ जेठ १५ देखि देशभर प्रदर्शन हुने

by विशेष अनलाइन
चैत्र २४, २०८२, १:५१ मध्यान्ह
0

रेखा थापाको निर्माण र बेनिशा हमालको डेब्यू: रङ्गमञ्चमा अमर न्यौपानेको ‘सेतो धरती’

रेखा थापाको निर्माण र बेनिशा हमालको डेब्यू: रङ्गमञ्चमा अमर न्यौपानेको ‘सेतो धरती’

by विशेष अनलाइन
चैत्र २४, २०८२, १:१७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    591 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।