विशेष अनलाइन । मैथिली कला क्षेत्रमा पछिल्लो समय एउटा नयाँ जोडीको निकै चर्चा हुन थालेको छ। शान्त र कञ्चन कोशी नदीको किनार, मनमोहक प्राकृतिक वातावरण अनि त्यही परिवेशमा टिकटक स्टार धिरु भाइ र चर्चित मोडल आयुषा विकको प्रेमिल अभिनयले दर्शकको मन लोभ्याएको छ। शनिबार सार्वजनिक भएको नयाँ मैथिली गीत ‘अहा स दिल लगेली’ मा यी दुईको अनस्क्रिन केमेस्ट्री निकै परिपक्व र आकर्षक देखिएको छ।
टिकटकमा २५ लाखभन्दा बढी फलोअर्स कमाएर तहल्का मच्चाइरहेका धिरु भाइ र मैथिली म्युजिक इन्डस्ट्रीकी ‘डिमान्डेड’ मोडल आयुषा विकको यो सहकार्यले सामाजिक सञ्जालमा चर्चाको नयाँ शिखर चुमेको छ। हजारौं फलोअर्सको साथ पाएकी आयुषा पछिल्लो समय म्युजिक भिडियो र स्टेज कार्यक्रममा निकै व्यस्त छिन्। यी दुई चर्चित अनुहारलाई एउटै पर्दामा देख्न पाउनु दर्शकका लागि पनि एउटा विशेष उपहार सावित भएको छ।
‘अहा स दिल लगेली’ गीतमा प्रेमी र प्रेमिकाबीचका स्वर्णिम पलहरूलाई अत्यन्तै कलात्मक ढंगले बुनिएको छ। प्रेम भावले ओतप्रोत यस गीतले एक जोडीको अविस्मरणीय यात्रा र भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। गीतको लय र दृश्यको तालमेलले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधिराख्ने सामर्थ्य राख्छ।
यस सुमधुर गीतमा गायक राकेश पासवानको आवाज सुन्न सकिन्छ भने शब्द पनि उनकै रहेको छ। गीतलाई बादल राजले संगीतबद्ध गरेका हुन्। भिडियोको निर्देशन एमडी मनिर खानले गरेका छन्, जसले अडियो र कोरसमा समेत आफ्नो रचनात्मक साथ दिएका छन्।
‘कला म्युजिक क्रिएसन’को युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस भिडियोको निर्माण धिरज मण्डलले गरेका हुन्। रोचक कुरा के छ भने, भिडियोको मुख्य भूमिकामा रहेका धिरु भाइले अभिनयसँगै सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पनि आफैं सम्हालेका छन्। कोशी वरपरका सुन्दर दृश्यहरू कैद गरिएको यो भिडियोले मैथिली कला क्षेत्रमा एउटा नयाँ इँटा थप्ने अपेक्षा गरिएको छ।









Discussion about this post