BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘मालती मङ्गले’को ‘ढुङ्गामाथि लेऊ’ सार्वजनिक, विजय र वर्षाको रोमान्टिक केमेस्ट्री

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १९, २०८२, ८:३८ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘मालती मङ्गले’को ‘ढुङ्गामाथि लेऊ’ सार्वजनिक, विजय र वर्षाको रोमान्टिक केमेस्ट्री
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रमा भारतीय चलचित्रको प्रभाव र नक्कल गर्ने प्रवृत्ति नयाँ होइन। यसैको पछिल्लो उदाहरणका रूपमा चलचित्र ‘मालती मङ्गले’ देखिएको छ। हालै युट्युबमार्फत सार्वजनिक गरिएको यस चलचित्रको ‘ढुङ्गामाथि लेऊ’ बोलको गीतमा अभिनेता विजय बराललाई बलिउड सुपरस्टार शाहरुख खानको चर्चित ‘मोहब्बतें’ अवतारमा प्रस्तुत गरिएको छ। सन् २००० को उक्त चर्चित बलिउड चलचित्रमा शाहरुखले काँधमा स्वीटर राखेर भायोलिन बजाएको दृश्यलाई यहाँ हुबहु नक्कल गरिएको देखिन्छ।

गीतको भिडियोमा विजय बराललाई भायोलिनसहित शाहरुख खानको ‘ट्रेडमार्क पोज’मा देख्न सकिन्छ। कोरियोग्राफर रोशन विकले उनलाई दुई हात फिजाउने शैलीमा प्रस्तुत गरेका छन्, जसले गर्दा निर्माण पक्षको उद्देश्य विजयलाई शाहरुखकै स्वरूपमा ढाल्ने रहेको प्रस्ट हुन्छ। यो दृश्य सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र चलचित्र वृत्तमा नेपाली चलचित्रमा बढ्दो विदेशी प्रभावबारे पुनः बहस सुरु भएको छ।

यस विषयमा चलचित्रका निर्माता एवं गायक रामकृष्ण ढकालले स्पष्टीकरण समेत दिएका छन्। उनका अनुसार चलचित्रको कथाको मागबमोजिम नै यसो गरिएको हो। कथामा अभिनेत्री वर्षा राउतको पात्रले विजयको पात्रभित्र शाहरुख खानको छवि देख्ने कल्पना गरेकाले गीतमा मात्रै सो शैली समावेश गरिएको उनले बताएका छन्। यद्यपि, पूरा चलचित्रमा भने विजय शाहरुखको शैलीमा नदेखिने उनले स्पष्ट पारेका छन्।

हर्क साउदको शब्द र एसडी योगीको संगीत रहेको यस गीतमा रामकृष्ण ढकाल र ऋतिका श्रेष्ठको स्वर सुन्न सकिन्छ। गीतमा विजय र वर्षालाई रोमान्टिक जोडीका रूपमा प्रस्तुत गरिएको छ, जहाँ उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामा छन्। अर्जुन तिवारीले छायांकन गरेको यस भिडियोको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन्।

प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रमा विजय र वर्षाका साथै प्रकाश घिमिरे, सरिता गिरी, मेक्सम गौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यो चलचित्र आगामी वैशाख २५ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शन हुने तयारीमा छ। निर्देशक पाण्डेय स्वयंको कथा रहेको यस चलचित्रको पटकथा भने संयोग गुरागाईँले तयार पारेका हुन्।

Previous Post

इटहरीका विद्यार्थी लक्षित ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’ आयोजना हुँदै

Next Post

विराज र सुशीलको टक्करसँगै ‘राम नाम सत्य’ को ट्रेलरमा एक्सनको ताण्डव

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कोशीको किनारमा धिरु भाइ र आयुषाको रोमान्स

कोशीको किनारमा धिरु भाइ र आयुषाको रोमान्स

चैत्र २१, २०८२, ९:३३ मध्यान्ह
एसईई दिएर बसेका छात्राहरूका लागि ‘मिस एसईई सिजन ६’ को अवसर, चैत २८ मा इटहरीमा अडिसन

एसईई दिएर बसेका छात्राहरूका लागि ‘मिस एसईई सिजन ६’ को अवसर, चैत २८ मा इटहरीमा अडिसन

चैत्र २०, २०८२, १०:२२ मध्यान्ह
विराज र सुशीलको टक्करसँगै ‘राम नाम सत्य’ को ट्रेलरमा एक्सनको ताण्डव

विराज र सुशीलको टक्करसँगै ‘राम नाम सत्य’ को ट्रेलरमा एक्सनको ताण्डव

चैत्र १९, २०८२, ९:२९ मध्यान्ह
इटहरीका विद्यार्थी लक्षित ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’ आयोजना हुँदै

इटहरीका विद्यार्थी लक्षित ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’ आयोजना हुँदै

चैत्र १९, २०८२, ८:१२ मध्यान्ह
दबाब र उत्साहबीच दिव्या रायमाझीको ‘राम नाम सत्य’: राजकुमारीको अवतारमा दर्शकको मन जित्ने दाउ

दबाब र उत्साहबीच दिव्या रायमाझीको ‘राम नाम सत्य’: राजकुमारीको अवतारमा दर्शकको मन जित्ने दाउ

चैत्र १९, २०८२, ७:४० मध्यान्ह
हुलाकी बनेर ‘लालीबजार’ छिरेका विशाल: थिएटरको मञ्चदेखि स्वस्तिमाको जोडीसम्म

हुलाकी बनेर ‘लालीबजार’ छिरेका विशाल: थिएटरको मञ्चदेखि स्वस्तिमाको जोडीसम्म

चैत्र १९, २०८२, ७:२१ मध्यान्ह
Next Post
विराज र सुशीलको टक्करसँगै ‘राम नाम सत्य’ को ट्रेलरमा एक्सनको ताण्डव

विराज र सुशीलको टक्करसँगै 'राम नाम सत्य' को ट्रेलरमा एक्सनको ताण्डव

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

कोशीको किनारमा धिरु भाइ र आयुषाको रोमान्स

कोशीको किनारमा धिरु भाइ र आयुषाको रोमान्स

by विशेष अनलाइन
चैत्र २१, २०८२, ९:३३ मध्यान्ह
0

एसईई दिएर बसेका छात्राहरूका लागि ‘मिस एसईई सिजन ६’ को अवसर, चैत २८ मा इटहरीमा अडिसन

एसईई दिएर बसेका छात्राहरूका लागि ‘मिस एसईई सिजन ६’ को अवसर, चैत २८ मा इटहरीमा अडिसन

by विशेष अनलाइन
चैत्र २०, २०८२, १०:२२ मध्यान्ह
0

विराज र सुशीलको टक्करसँगै ‘राम नाम सत्य’ को ट्रेलरमा एक्सनको ताण्डव

विराज र सुशीलको टक्करसँगै ‘राम नाम सत्य’ को ट्रेलरमा एक्सनको ताण्डव

by विशेष अनलाइन
चैत्र १९, २०८२, ९:२९ मध्यान्ह
0

चलचित्र ‘मालती मङ्गले’को ‘ढुङ्गामाथि लेऊ’ सार्वजनिक, विजय र वर्षाको रोमान्टिक केमेस्ट्री

चलचित्र ‘मालती मङ्गले’को ‘ढुङ्गामाथि लेऊ’ सार्वजनिक, विजय र वर्षाको रोमान्टिक केमेस्ट्री

by विशेष अनलाइन
चैत्र १९, २०८२, ८:३८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    591 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।