BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘कुमारी’ स्वदेशसँगै विदेशमा पनि प्रदर्शन हुने पक्का

विशेष अनलाइन by विशेष अनलाइन
माघ १४, २०८२, २:३८ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘कुमारी’ स्वदेशसँगै विदेशमा पनि प्रदर्शन हुने पक्का
52
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । माघ २३ गतेदेखि नेपालभर प्रदर्शन हुन लागेको चलचित्र ‘कुमारी’ अब विदेशका विभिन्न देशहरूमा पनि प्रदर्शन हुने भएको छ। निर्माण पक्षका अनुसार यो चलचित्र अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूमा प्रदर्शन गर्नका लागि सम्झौता भइसकेको छ। निर्माता महेन्द्र अधिकारीले यी देशहरूमा चलचित्र देखाउने अधिकार बिक्री भइसकेको जानकारी दिए।

चलचित्रको ट्रेलर सार्वजनिक भएपछि दर्शकहरूले निकै मन पराएका छन्। ट्रेलरलाई मिलेको राम्रो प्रतिक्रिया र दर्शकको बढ्दो चाहनाका कारण अन्य देशहरूबाट पनि प्रदर्शनका लागि माग आइरहेको निर्माताले बताएका छन्। विदेशमा रहेका नेपालीहरूले आफ्नै भाषाको चलचित्र हेर्न पाउने गरी विभिन्न कम्पनीहरूसँग सहकार्य गरिएको छ।

चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन्। ‘कुमारी’ मार्फत नयाँ कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारीले अभिनय यात्रा सुरु गर्दैछन्। उनीहरूको साथमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस चलचित्रमा केदार भुसाल कार्यकारी निर्माता हुन्।

चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् भने यसलाई सुसन प्रजापतिले खिचेका हुन्। उत्कृष्ट साउन्ड र सम्पादनका साथ तयार पारिएको यो चलचित्रले स्वदेशमा मात्र नभई विदेशमा बस्ने नेपालीहरूको पनि मन जित्ने विश्वास निर्माण टोलीले लिएको छ।

Previous Post

निखिल उप्रेतीको निर्देशनमा बन्ने चलचित्र ‘आचार्य’ मा भारतीय अभिनेता रोहित चौधरी अनुबन्धित

Next Post

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

चैत्र १६, २०८२, ८:५७ मध्यान्ह
झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

चैत्र १६, २०८२, ८:३० मध्यान्ह
अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

चैत्र १६, २०८२, ७:४६ मध्यान्ह
दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

चैत्र १६, २०८२, ६:४८ मध्यान्ह
रङ्गमञ्चबाट चलचित्रको पर्दामा उदाउँदै डेभिड बिष्ट: सौगात मल्लसँगै ‘जुबा’मा देखिने

रङ्गमञ्चबाट चलचित्रको पर्दामा उदाउँदै डेभिड बिष्ट: सौगात मल्लसँगै ‘जुबा’मा देखिने

चैत्र १२, २०८२, १०:३१ मध्यान्ह
कुल ब्वाय र सिम्रन पन्तको ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुँदै

कुल ब्वाय र सिम्रन पन्तको ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुँदै

चैत्र १२, २०८२, १०:०० मध्यान्ह
Next Post
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र 'बहौरिया'को नयाँ गीत 'सिरिरी हावा चल्यो' सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

by विशेष अनलाइन
चैत्र १६, २०८२, ८:५७ मध्यान्ह
0

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

by विशेष अनलाइन
चैत्र १६, २०८२, ८:३० मध्यान्ह
0

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

by विशेष अनलाइन
चैत्र १६, २०८२, ७:४६ मध्यान्ह
0

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

by विशेष अनलाइन
चैत्र १६, २०८२, ६:४८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    591 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।