विशेष अनलाइन । तिहारको भाइटीकालाई लक्षित गर्दै रिलिज हुने चलचित्र ‘वरिष्ठ बलराम’ को टिजर सार्वजनिक भएको छ। टिजरमा मुख्य कलाकार दयाहाङ राई र विजय बरालबीचको आमनेसामने दृश्य देखाइएको छ, जसले कथामा दुई पात्रबीचको द्वन्द्वलाई संकेत गर्छ।
चलचित्रलाई चर्चित सम्पादकसमेत रहेका निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। यो उनको चौथो निर्देशन हो। यसअघि उनले ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरिसकेका छन्। पटकथा महेश दवाडीले लेखेका हुन्।
चितवनका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रमा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायतका कलाकारको अभिनय छ। चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन तथा प्रदीप लामाको कोरियोग्राफी रहेको छ।
वृषभ सिद्धि इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको सहकार्यमा बनेको यस प्रोजेक्टका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् भने कार्यकारी निर्माता प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन्। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ आगामी कात्तिक ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। काठमाडौं उपत्यकामा डीसीएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनमार्फत चलचित्र वितरण गरिने छ।










Discussion about this post