विशेष अनलाइन। ‘हिँड्दा हिँड्दै’ निर्देशन गरेका मिलन आले मगरले आफ्नो नयाँ चलचित्रको घोषणा गरेका छन्। आइतबार थिम पोस्टर सार्वजनिक गर्दै उनले आगामी परियोजनाको नाम ‘पूरा भयो सपना मेरो’ रहने बताए।
सामाजिक प्रेमकथामा आधारित यो चलचित्र दशैंपछि छायांकन सुरु गर्ने तयारीमा छ। रोशिका फिल्म्सको प्रस्तुति रहने चलचित्रमा कलाकारबारे चाँडै जानकारी दिइने निर्देशक मगरले बताएका छन्। यसका निर्माता एकराज थापा हुन् भने कथा स्वयं निर्देशक मगरकै लेखन रहेको छ।
चलचित्र निर्देशकका लागि चौथो निर्देशकीय यात्रा हुनेछ। यसअघि उनले ‘लक्ष्य’, ‘सत्या’ र ‘हिँड्दा हिँड्दै’ निर्देशन गरिसकेका छन्। मगरले ‘पूरा भयो सपना मेरो’ अघिल्ला चलचित्रभन्दा कथावाचनमा अझ परिष्कृत र प्रभावशाली हुने दाबी गरेका छन्।










Discussion about this post