विशेष अनलाइन । मंसिर १२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ’हर्ष’को पहिलो पोस्टर सार्वजनिक भएको छ । सोमबार चलचित्रका दुई पोस्टर सार्वजनिक भएको हो । सार्वजनिक भएको पोष्टरमा मुख्य कलाकारहरू खगेन्द्र लामिछाने र वर्षा राउत संगै नीर शाह, शर्मिला मल्ल, सन्तोष पन्त, विशाल पहाडी लगायतका कलाकारहरूलाई पनि प्रस्तुत गरिएको छ ।
एकता पौडेलको डेब्यू निर्देशकीय चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, संगीता नापित, साइमन वादी लगायत कलाकारहरुको अभिनय छ ।
ष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । चलचित्रको निर्माता प्रसन्न पौडेल र विकास पौडेल छन् । कार्यकारी निर्मातामा हिक्मत चोखल छन् ।











Discussion about this post