विशेष अनलाइन । नेपाली चलचित्र ‘शिवांश’ आगामी कात्तिक २७ गते देखि देशभर प्रदर्शनमा आउने भएको छ। कैलाश पर्वतमा भगवान शिव र उनको वाहन साँढेसहितको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले रिलिज मिति घोषणा गरेको हो। पोस्टरमा जटाधारी शिव कैलाश पर्वततर्फ उक्लिँदै गरेको देखिन्छ भने साँढेको निधारमा त्रिशूल अंकित छ।
पोखरामा छायांकन गरिएको यो चलचित्र हाल पोस्ट–प्रोडक्सन चरणमा रहेको निर्माण पक्षले जनाएको छ। अञ्जान सिनेमा प्रोडक्सन हाउस को प्रस्तुति रहने यस चलचित्रलाई सन्तोष कुमार आत्रेय ले निर्देशन गरेका छन्। यस चलचित्र मार्फत उनले आफ्नो निर्देशकीय यात्रा सुरु गरेका हुन्। चलचित्रका निर्माता अञ्जान केसी हुन्।
चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने ,विकास जोशी, विमला लिम्बु, प्रदीपकुमार चौधरी, सविर चुरौटे, उदयकुमार सुब्बा र टीका निरौला लगायतका कलाकारहरूको अभिनय रहनेछ।
चलचित्रका सह–निर्माता शोभा भण्डारी र अनिस केसी बोगटी हुन् भने कार्यकारी निर्माता शम्भु थापा रहेका छन्। चलचित्र चौतारी ले पोस्ट–प्रोडक्सनको काम सम्हालिरहेको छ भने वितरणको जिम्मेवारी डिजिटल सिनेमा नेपाल (DCN) ले लिएको छ।










Discussion about this post