विशेष अनलाइन । नेपाली छोटो चलचित्र ‘रिहाना’ ले यसपटक सान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। फेस्टिभलको आधिकारिक वेबसाइटअनुसार, यो चलचित्र ‘एसियन सर्ट फिल्म कम्पिटिसन’ को प्रतिस्पर्धी खण्डमा प्रदर्शित हुने तय भएको हो। नेपाली मितिअनुसार प्रिमियर असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुने कार्यक्रम छ।
निर्माता केदार भुसाल का अनुसार, यो उपलब्धिले नेपाली कथालाई फरक ढंगले प्रस्तुत गर्दै विश्वसम्म पुर्याउने यात्रालाई थप मजबुत बनाएको छ। उनले भने, “हामी नेपालका मौलिक कथा विश्वसामु पुर्याउने लक्ष्यका साथ निरन्तर काम गरिरहेका छौँ। ‘रिहाना’ को यो छनोटले मलाई अझ ठूलो प्रेरणा दिएको छ।”
चलचित्रलाई अ दुम्सी पिक्चर्स प्रोडक्सन ले निर्माण गरेको हो भने मिराज मोसन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेम को सहकार्य रहेको छ।
चलचित्रको लेखन तथा निर्देशन सुरज पौडेल ले गरेका हुन्। मुख्य भूमिकामा पृथु भट्ट र सृजना अधिकारी देखिएका छन्। उज्ज्वल बस्ताकोटी, अविनाशविक्रम शाह र केदार भुसाल निर्माता हुन् भने रोशनी अधिकारी कार्यकारी निर्माताको भूमिकामा छिन्। चलचित्रमा शिशिर विशंखे को छायाङ्कन र गौरव मुल्लिक को सम्पादन रहेको छ।










Discussion about this post