विशेष अनलाइन । २०८० को चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ अझै पनि देश तथा विदेशका विभिन्न स्थानहरूमा प्रदर्शन भइरहेको छ । दर्शकको अतुलनीय माया पाउन सफल चलचित्र ‘महाजात्रा’ले विभिन्न रेकर्ड कायम गर्न सफल भएको छ ।
स्वदेशमा त चलचित्रले सकारात्मक व्यापार गर्यो नै विदेशका विभिन्न स्थानहरुमा समेत चलचित्र रुचाइयो ।
नेपाली चलचित्रका लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले कीर्तिमानी व्यापार गर्न सफल भयो । अष्ट्रेलियामा ‘जात्रै जात्रा’ ले बनाएको २७ शो को रेकर्ड ‘कबड्डी ४’ ले २९ शो पूरा गरेर तोडेको थियो ।
पुनः ‘महाजात्रा’ले अष्ट्रेलियामा ३५ शो सम्पन्न गर्दै रेकर्ड आफ्नो नाममा कायम गरेको हो ।
डायस्पोरा वितरक कम्पनि एमएसएम इन्टरटेनमेन्टस् र सिड्नीमा प्रदर्शन गरिरहेको रोटेपिङका अनुसार चलचित्रले उठान गरेको विषयवस्तु र चलचित्र हेर्ने दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण यो सम्भव भएको हो ।
प्रदिप भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा हरिवंश आचार्य, बिपिन कार्की, रबिन्द्र झा, रबिन्द्र सिंह बानिया,राजाराम पौडेल,वर्षा राउत,शिशिर बाङ्देल, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, प्रवीण खतिवडा, सुमन कार्की, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।
Discussion about this post