बिशेष अनलाइन । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा सोमबार बेलुकी अमेरिका प्रस्थान गरेकी छिन् । उनी अध्ययनका लागि अमेरिएका गएकी हुन् । उनलाई बिदाइ गर्न त्रिभुवन विमानस्थलमा उनका परिवारका केही सदस्यहरु सहित उनका प्रेमी भनिएका सिसन बानियाको समेत उपस्थिति रहेको थियो ।
श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर अध्ययनका लागि अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।श्रृङ्खलाले नेपालमै आर्किटेक्चरमा स्नातक गरिसकेकी छिन् ।
बिदा हुदै गर्दा श्रृङ्खला र सिसन दुबै भावुक देखिएका थिए । सिसनले इन्टाग्राम स्टोरीमा श्रृङ्खलालाई पाण्डुराम भन्दै शुभकामना दिएका छन् । सिसनले अन्य समयमा पनि श्रृङ्खलालाई पाण्डु भनेर बोलाउने गरेका छन् ।
श्रृङ्खला अमेरिका गएपछि न्यूयोर्कमा आयोजना हुन लागेको ‘मिस नेपाल नर्थ अमेरिका’ नामक ब्यूटी पेजेन्टमा सहभागी हुने कार्यक्रम समेत रहेको छ । मिस नेपाल नर्थ अमेरिका आयोजक समितिले जानकारी गराए अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखलालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा नियुक्त गरिसकेको छ ।
उक्त कार्यक्रममा सहभागिता जनाउनका लागि पुर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र मनिता देवकोटा पनि अमेरिका जाने तयारीमा रहेका छन् । सदीक्षालाई अफिसियल कोरियोग्राफरको जिम्मेवार दिइएको छ भने मनिता देवकोटालाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।
Discussion about this post