BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home Uncategorized

‘भीम आचार्यको विगतका कर्तुत जनताले बिर्सिएका छैनन्’-सीताराम मेहता

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक २४, २०७९, ५:५२ मध्यान्ह
in Uncategorized
‘भीम आचार्यको विगतका कर्तुत जनताले बिर्सिएका छैनन्’-सीताराम मेहता
55
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहताले नेकपा एमालेबाट प्रतिष्पर्धी रहेका भीम आचार्यप्रति कटाक्ष गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चुनावी घरदैलो कार्यक्रममा रहेका मेहताले एमालेबाट आफ्नो प्रतिष्पर्धी रहेका आचार्यले विगतका दिनमा गरेका कतुर्त जनताले नबिर्सिएको बताएका हुन् ।

‘भीम आचार्य जी ले स्थानीय तहको चुनावमा टिकट वितरण गर्दा उहाँकै पार्टीका कार्यकर्ताले लगाएका आरोपको अहिलेसम्म खण्डन भएको छैन, टिकट वितरणमा पैसा लिएका कुराहरू छन्,’ उनले भने, ‘उहाँ एउटा निर्वाचन क्षेत्रमा चुनाव लडेपछि त्यही क्षेत्रमा चुनावमा होमिन फेरि कहिल्यै जानुहुन्न, उहाँ सुनसरी निवासी भएपनि टुरिष्ट उम्मेदवारजस्तै हो ।’

यसअघि सुनसरी क्षेत्र नं। ६, ०७४ को निर्वाचनमा सुनसरी १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपनि उनले निर्वाचन क्षेत्र फेरिरहने मेहताको आरोप छ । प्रदेश १ को मुख्यमन्त्री हुँदा आचार्यले प्रदेशको नामकरण र एक भित्ता बाटो पनि बनाउन नसकेको बताए ।

‘उहाँले प्रदेशको नामकरणको प्रक्रिया पनि अगाडि बढाउन सक्नुभएन, त्यो त परको कुरा भयो,’ उनले भने, ‘म अरु नेताहरूलाई आरोप लगाएर चुनाव जित्ने नेताभित्र पर्दिन, तर आचार्य जी ले एक भित्ता बाटो समेत बनाउन सक्नुभएन ।’

उनले आँफू कसैलाई आक्षेप लगाउन नचाहेपनि अहिले नेकपा एमालेले चुनावताका आफ्नो दुष्प्रचार गरेकोमा आपत्ति जनाए ।

आँफू विगतमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएको र जनताका अधिकांश माग पूरा गरेकाले यसपटक पनि निर्वाचित हुने विश्वासमा रहेको उल्लेख गरे ।

‘जनताको मौलिक हक अधिकार सुनिश्चित गर्नका लागि पनि मेरो उम्मेदवारी हो,’ मेहताले भने, ‘यसअघि निर्वाचित भइसकेपछि ठाउँठाउँमा जनताले चाहे अनुसार बजेट विनियोजन गरेको छु, केहीकेही कामहरू बाँकी छन्, त्यो काम छिट्टै पूरा हुन्छ ।’

उनले कृषि, स्वास्थ्य, शिक्षा, सडक निर्माणसँगै जनताको जीवनस्तर उकास्नका निम्ति आँफूले काम गर्ने प्रतिबद्वता जनाए । जनता नै सर्वमान्य भएकाले आगामी निर्वाचनमा मतदाताले पुनः न्याय गर्ने मेहताको विश्वास छ ।

०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले प्रदेश १ का तत्कालीन इञ्चार्ज समेत रहेका भीम आचार्यले पैसा मागेको रेवती भण्डारीले आरोप लगाएका थिए ।

०७७ कात्तिकमा भण्डारीले सो आरोप लगाएका थिए । तत्कालीन नेकपा एमाले केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठमार्फत आचार्यले पैसा माग्न लगाएको भन्दै टिकटको लागि १५ लाख माग गरेको भण्डारीको आरोप थियो । एमाले रहँदा माधव नेपाल पक्षधरका आचार्यलाई ओली निकटकाले त्यति मन पराउँदैनन् । भण्डारी अहिले एमाले सुनसरीको अध्यक्ष छन् ।

भण्डारीलाई सुनसरी २ ९क० बाट प्रदेशसभा सदस्यमा उठाएर आचार्य प्रतिनिधिसभा सदस्यको उम्मेदवारी छन् ।

Previous Post

गायक आशिष सचिन ‘ओएसआर’ डिजिटलमा अनुबन्ध

Next Post

जेरी र शंकरको सम्बन्ध बिच्छेद

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल

कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल

मंसिर ७, २०८२, ९:०० मध्यान्ह
‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

कार्तिक १४, २०८२, ५:५५ मध्यान्ह
‘माइतीघर’को ट्रेलरमा प्रेम, संस्कृति र संघर्षको मिश्रण

‘माइतीघर’को ट्रेलरमा प्रेम, संस्कृति र संघर्षको मिश्रण

अशोज २, २०८२, ७:०२ मध्यान्ह
वरिष्ठ बलराम’ अब भाइटीकामा रिलिज

वरिष्ठ बलराम’ अब भाइटीकामा रिलिज

भदौ १२, २०८२, ७:४४ मध्यान्ह
चर्चा बटुल्दै ‘अभिमन्यु’, भोजपुरी स्वादलाई सकारात्मक प्रतिकृया

चर्चा बटुल्दै ‘अभिमन्यु’, भोजपुरी स्वादलाई सकारात्मक प्रतिकृया

भदौ ११, २०८२, १०:१२ मध्यान्ह
Next Post
जेरी र शंकरको सम्बन्ध बिच्छेद

जेरी र शंकरको सम्बन्ध बिच्छेद

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।