विशेष अनलाइन। सिरियल ‘सक्कीगोनी’ मा मुन्नीको पात्र मार्फत चर्चामा रहेकी कलाकार प्रियाना आचार्य बोल्ड अवतारमा देखिएकी छन् । र्यापर लिल क्लाउडको नयाँ र्याप गीत ‘बेबी गर्ल’ को भिडियोमा उनी बोल्ड अवतारमा देखिएकी हुन् ।
भिडियोमा आचार्यलाई निमेशजंग थापाले मोडलिङमा साथ दिएका छन् । निमेशकै कोरियोग्राफी रहेको भिडियोमा उनी विकिनीमा प्रस्तुत भएकी छन् । उनी बिकिनीमा प्रस्तुत भएको यो पहिलो पटक हो ।
भिडियोमा प्रियाना र निमेश सहित अलिशा पराजुली, रामेश्वर खड्का, श्याम श्रेष्ठ लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।
एस खेतान र पुनम अग्रवालले निर्माण गरेको भिडियोलाई पी माधवाले निर्देशन गरेका हुन् । फ्रिक स्ट्रीट डायरिसको युट्युव च्यानलमा रिलिज भिडियो रोमन मार्सले छायाङ्कन गरेका हुन् ।









Discussion about this post