विशेष अनलाइन । गायक बिरेन्द्र झा र करुणा राईको स्वरमा ‘छोड्नु थियो, छोडी गयौ’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोले प्रेम, वियोग र आत्मस्पर्शी अनुभूतिहरूलाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ।
भिडियोले प्रेम, बिछोड र त्यसपछिको पुनर्मिलनलाई उत्कृष्ट शैलीमा देखाएको छ । गीतमा दिनेश कोइराला र सुस्मिता पाण्डे प्रसङ्सा योग्य अभिनय प्रस्तुत गरेका छन् ।
गीतका बोललाई जीवन्त बनाउने शब्दशिल्पी हुन् राज सङ्घर्ष, संगीत संयोजन हरुन रसिदले गरेका हुन् । भिडियोको निर्देशन सन्तोष सरकारले गरेका हुन् । सन्तोष उनै हुन् व्यक्ति हुन् , जस्ले १२ गाउँ जस्तो सफल चलचित्रको कथा लेखेका थिए ।
गीतको निर्माता भने आकाश राजभण्डारी हुन्। भिडियोमा दिनेश र सुस्मिताका अलावा आरजे भिलेन, होम्पी र प्रताप लगायतको समेत भुमिका छ । भिडियो सम्पादन पवनले गरेका छन्।
‘छोड्नु थियो, छोडी गयौ’ – केवल एउटा गीत मात्र नभई प्रेम र वियोगको गहिरो दस्तावेज हो, जुन संगीतमार्फत हृदयको कुनाकुनासम्म पुग्न खोजेको छ।









Discussion about this post