विशेष अनलाइन । अभिनयको भावनात्मक गहिराइमा सुमधुर संगीत मिसिएर तयार भएको नयाँ गीत “अजम्बरी” को छायांकन सम्पन्न भएको छ । भिडियोले दर्शकको मन छुने अपेक्षा गरिएको छ। सशक्त अभिनय क्षमताका धनी माधव के.सी. र कलात्मक सौन्दर्यले भरिपूर्ण मेनुका माझीले यस गीतमा आफ्नो जीवन्त अभिनय प्रस्तुत गरेका छन्।
गीतको रचना सुप्रसिद्ध गीतकार डा. राजु बाबु श्रेष्ठले गरेका हुन् भने संगीत संयोजन आमोष तामाङ र संगीत निर्देशन अनिश श्रेष्ठले गरेका छन्। शिव परियारको गहिरो स्वरले गीतमा आत्मा भरेको छ।
भिडियो निर्देशन सफल चलचित्र निर्देशक नवल नेपालले गरेका छन्, जसले माधव र मेनुकाको अभिनयलाई अझ सशक्त रूपमा प्रस्तुत गर्न सशक्त दृश्य संरचना र संवेदनशील फ्रेमिङमार्फत कथा बोलेका छन्। मदन काश्यप घिमिरेले छायांकन गरेको भिडियोलाई मित्र डि. गुरुङले सम्पादन गरिरहेका छन् । गुरुङले म्युजिक भिडियोको दृश्यलाई आकर्षक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
“अजम्बरी” गीत केवल एक साङ्गीतिक सर्जना होइन, यो माधव के.सी. र मेनुका माझीको कलाकारितामार्फत प्रेम र पीडाको अद्भुत चित्रण हो, जसले नेपाली संगीतप्रेमीको मनमा गहिरो छाप छोड्ने आसा गरिएको छ ।
Discussion about this post