बिशेष अनलाइन । लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीसँगको वैवाहिक सम्बन्ध समाप्त भएको छ । दुबैले सहमतिमा औपचारिक रुपमै सम्बन्ध टुङ्ग्याएका हुन् । सम्बन्ध विच्छेदका लागि दुबैले काठमाडौं जिल्ला अदालतमा केही दिन अगाडि निवेदन दिएका थिए । बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर दुईले वैवाहिक सम्बन्ध आधिकारिक रुपमा टुङ्ग्याएका हुन् ।
करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगन्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरूबीच गायनकै सिलसिलामा प्रेम बसेको थियो । छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।
दुइबिच वैचारिक मतभिन्नता भए पछि संगै बस्न नसक्ने भएको र सहमतिमा नै अलग भएको गायक शंकर क्षेत्रीले बिशेषलाई जानकारी दिए । उनीहरुको बिवाह २०७६ साल माघ १ गते भएको थियो ।
https://www.youtube.com/watch?v=Aarf_RhPwnA&t=20s
Discussion about this post