BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

दिनेशसँग फन्नी गफ–म महिला हुदा श्रिमती पनि पुरुष हुन्छिन् होला नि (भिडियो)

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २६, २०७८, ५:०७ मध्यान्ह
in FEATURE, युटुब, राेचक घाेचक
dinesh koirala
797
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । लामो समय देखि प्रदेश १ को इटहरीमा रहेर कालाकारिता क्षेत्रमा आफुलाई समर्पित गरेको एउटा नाम हो दिनेश कोइराला । जे बी राईको निर्देशनमा बनेको चलचित्र द कमान्डोबाट बाल कलाकारका रुपमा चलचित्र नगरीमा प्रवेश गरेका थिए दिनेश ।

त्यसछि उनले मिराज,म पर्खिरहन्छु , फेक फ्रेन्ड ,राम साइली लगायतका चलचित्रका साथै दर्जनौं म्युजिक भिडियोहरुमा काम गरिसकेका छन् । कोइरालाले करिब २२ भन्दा धेरै टेलिभिजन एडमा समेत अभिनय गरेका छन् ।

उनले भिलेनका रुपमा अभिनय गरेको चलचित्र अभियानको छायांकन केहीसमय अगाडीमात्र सकिएको छ । लाखमान योन्जनद्धारा निर्देशित अभियानको हाल पोष्ट प्रोडक्शनको काम भइरहेको छ । कोइराला चलचित्रकर्मी महासंघ प्रदेश १ का महासचिव हुन् । उनै अभिनेता कोइरालासँग हामीले फन्नी गफ गरेका छौँ ।

बिहान उठ्दा आफुलाई महिलाका रुपमा पाउनुभयो भने ?
ओ माइ गड… म त दौडेर गाएर श्रीमतीलाई हेर्थे, उनी चैँ म जस्तो भइन् की भनेर । म महिला हुदा श्रिमती पनि त पुरुष हुन्छिन् होला नि त, तर यदी त्यस्तो भएन भने भगवानकोमा गएर मलाई पुरुष नै बनाइदिनु भनेर पुकार गर्थेँ ।

बिहेपछि पुरुष महिलाको घर जाने सिस्टम सुरु भयो भने ?
स्विकार्नु पर्छ । हाम्रो समाज अहिले पनि पितृ सतात्मक छ । ज्वाई ससुराली गएर बस्यो भने उसलाई समाजले जोइटिङ्ग्रे उपनाम दिने गर्छ । तर सिस्टम नै त्यही भयो भने त सबैले स्विकार गर्नुको बिकल्प नै हुदैन ।

महिलाको सट्टा पुरुष गर्भवती हुन थाले भने ?
यो त प्रकृतिको नियाम हो, हामीले टार्न काहाँ सक्छौ र ? त्यस्तो अवस्था आयो भने पनि हामी तायार हुनुपर्छ ।

तपाइलाई देख्दा मानिस तर्सिन थाले भने ?
सबैलाई नतर्सिन आग्रह गर्छु । म पनि तपाईजस्तै मानिस नै हो भनेर सम्झाउछु ।

मोवाइलमा फोन आउदा पनि ब्यालेन्स काटिन थाल्यो भने ?
पहिला एक जमानामा त्यस्तो व्यवस्था थियो । कल गर्दामात्र नभइ आएको कल उठाउदा पनि २ रुपैया तिर्नुपथ्र्यो । तर त्यो धेरै समय सम्म रहेन । यदी त्यो अवस्था आयो भने आएको फोन पनि कुरा लम्याउन छाडेर छिटै काट्न तिरै ध्यान जान्थ्यो होला ।

तपाई कसैले पनि नदेख्ने अदृश्य बन्नुभयो भने ?
त्यस्तो भयो भने त धेरै राम्रो हो नि । म कहिले कल्पना पनि गर्ने गर्छु चाहेको समयमा बिलाउनु अनि चाहेको स्थानमा पुग्न सक्नु । यस्ता कुराहरु धेरैको कल्पनामा आउने कुराहरु हो जस्तो लाग्छ ।

भगवानले २ वटा वर माग भन्नुभयो भने ?
म पहिलो प्राथमिकतामा मेरो परिवार माग्छु । मलाई फेरी पनि तिनै आमा बुवा, त्यही परिवार अनि त्यही श्रिमती दिनुहोस् भनेर माग्छु ।

एक हप्ताका लागि नेपालको प्रधानमन्त्री बन्ने अवसर पाउनुभयो भने ?
म कायापलट गरेर देखाइदिन्थेँ । पहिलो कुरा, म अहिले भएका सबै नेतालाई खोरमा हाल्थेँ । सरकारले चाहाने हो भने यो सम्भव छ ।

रातमा पनि उज्यालो हुन थाल्यो भने ?
हाहा…दिनमा पनि रातमा पनि काम गर्न पाइन्थ्यो ।

कुरा काट्न पनि खुकुरी आवस्यक पर्न थाल्यो भने ?
खुकुरीको उत्पादनमा बृद्धि हुन्थ्यो होला । त्यो सँगै कुरा काट्नेहरुको कमी हुदै जान्थ्यो होला

Tags: Newsदिनेश कोइरालाफन्नी गफ
Previous Post

थारु संसकृति बचाउन संग्रहालय

Next Post

हल सञ्चालक चौधरीको गुनासो –सरकार छ भन्ने अनुभुति भएन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
चलचित्रकर्मी महासंघ सम्बद्ध १५ संस्थाको एउटै माग, प्रदेश १ लाई चलचित्र नगरी बनाऊँ

हल सञ्चालक चौधरीको गुनासो –सरकार छ भन्ने अनुभुति भएन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।