विशेष अनलाइन । बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले सुनसरी समाज युएईले इटहरी उपमहानगरपालिका–१७ स्थित मझौरा बाल विकास केन्द्रलाई एक लाख एक सय रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिदिएको छ।
सबै बालबालिकाका लागि मायालु घर, शिक्षा र स्वास्थ्यका लागि जीवन उपहार” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै, सुनसरी समाज युएईमा आबद्ध युएईमा क्रियाशील प्रवासी सुनसरीवासीहरूले उक्त कोष संकलन गरेका हुन्।
कोष हस्तान्तरण कार्यक्रम मझौरा बाल विकास केन्द्रका अध्यक्ष इन्द्र बास्तोलाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. १७ का अध्यक्ष प्रभात कुमार आचार्य प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा पूर्व वडा सदस्य देव नारायण चौधरी, नेताघे सुनसरीका सल्लाहकार गणेशसिंह तामाङ, समाजसेवी तथा इञ्जिनियर विरेन्द्र लामा, शिक्षिका पूर्णिमा राईलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रम मझौरा युवा क्लबका अध्यक्ष दीपक सिलवालको सञ्चालनमा सम्पन्न भएको थियो। सुनसरी समाज युएईको प्रतिनिधित्व गर्दै नेपाल महिला प्रमुख संरक्षक देविका आचार्य, सल्लाहकार राम आचार्य तथा प्रवक्ता रुद्र कार्कीको सक्रिय सहभागिता रहेको थियो। व्यवस्थापन तथा सहजीकरणमा स्थानीय समाजसेवी एन्जी लामाको विशेष भूमिका रहेको थियो।
संस्थाका महासचिव देवेन्द्र कटुवाल ‘बाँसुरी’ ले समाजमा सकारात्मक परिवर्तन ल्याउने यस्ता सामाजिक कार्यहरूमा भविष्यमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाउँदै सबै सहयोगी मनहरूलाई आभार व्यक्त गरे। कार्यक्रमको समापनमा अध्यक्ष सुरेन्द्र लामा ‘नारदेन’ले सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
Discussion about this post