विशेष अनलाइन । कमेडी च्याम्पियनका प्रतिभाशाली कलाकार हिक्मत महराको दुर्घटनामा परि असमयिक निधन भएको छ ।गलबार साँझ गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो ।
कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने व्यक्ति कमेडी च्याम्पियन सिजन २ का सहभागी हिक्मत भएको पुष्टि भएको छ । महरा कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का स्थायी बासिन्दा थिए, तर हाल गोदावरी–४ मा बस्दै आएका थिए।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार महरा गोदावरीबाट अत्तरिया तर्फ जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ।
Discussion about this post