विषेश अनलाइन । पुर्वको आवस्यकतालाई महसुस गरि इटहरीमा स्थापना गरिएको पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन (PIFT) स्थायी रूपमा बन्द भएको छ । पुर्वमा रहेर फिल्म अध्ययन गर्न चाहानेहरुलाई मध्यनजर गर्दै ५ वर्ष अघि पिफ्टको स्थापना गरिएको थियो ।
चलचित्र नगरीकी सफल निर्देशक दीपाश्री निरौला अध्यक्ष रहेको संस्था जन्मिएर फक्रीन नपाउदै बन्द भएको हो । अचानक स्कुल बन्द हुँदा कोशी प्रदेशमा नै रहेर चलचित्र क्षेत्रमा सिक्दै अघि बढ्नेहरुका लागी भने निराशा छाएको छ । यो अवधीमा यस संस्थाले कोशी प्रदेशका विद्यार्थीहरूलाई फिल्म तथा टेलिभिजनको क्षेत्रमा आवश्यक सीप प्रदान गर्दै आएको थियो । संस्थाले नेतृत्व विकासका क्षेत्रमा समेत विभिन्न तालिम दिदै आएको थियो ।
फिल्ममा काम गर्नका लागि अध्ययन महत्वपूर्ण छ भन्ने बुझाउन नै आफुलाई ५ वर्ष लागेको संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक रोनिश राउतले बताए ।
‘हामीले फिल्मको कुनै पनि क्षेत्रमा काम गर्न अध्ययन महत्त्वपूर्ण छ भनेर बुझाउन आफ्नो स्तरबाट सक्दो प्रयास गरेका थियौं तर, अथक प्रयासका वावजुद यसै क्षेत्रका स्वघोषित वरिष्ठहरुबाट आवश्यक सहयोग प्राप्त गर्न सकेनौं र अन्ततः यस्तो निर्णय लिनुपर्यो । हामीलाई अत्यन्तै दुःख लागेको छ ।’
‘हाम्रो संस्थाबाट अध्ययन गरेका विद्यार्थीहरूलाई हामीले प्रदान गरेको शिक्षा र प्रशिक्षणले उनीहरूलाई भविष्यमा सहि दिशा दिने विश्वास लिएका छौं ’ राउतले भने ।
पिफ्टबाट छोटो तथा लामो अवधिका विभिन्न कोर्सहरूमा २ सय भन्दाबढी विद्यार्थीहरू लाभान्वित भइसकेका छन् । ती विद्यार्थीहरू अहिले विभिन्न फिल्म, टेलिभिजन र मिडिया उद्योगमा कार्यरत रहेका छन् ।
Discussion about this post