BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को पहिलो अडिसन सम्पन्न, ८० जनाले दिए अडिसन

विशेष अनलाइन by विशेष अनलाइन
भदौ ५, २०८१, ८:१० मध्यान्ह
in अन्य
‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को पहिलो अडिसन सम्पन्न, ८० जनाले दिए अडिसन
68
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । बालबालिकाको सौन्दर्य र बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ प्रतियोगिता सुरु भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा यो प्रतियोगिता सुरु भएको हो । आयोजकले यो सनिवार पहिलो अडिसन समेत सम्पन्न गरेको छ । पहिलो अडिसनमा इटहरी लगायत आसपासका बालबालिकाहरुको सहभागी रहेको थियो । आयोजक संस्था मध्येका एक ओपन स्पेस प्रालीका निर्देशक सरोज श्रेष्ठका अनुसार पहिलो अडिसनमा ८० जना बालबालिकाहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

उनका अनुसार अडिसन दिएका ८० मध्येबाट ५० जनालाई निर्णायकको अंकको आधारमा छनौट गरिएको छ । बालबालिकाको सर्वाङ्गिण विकासलाई ध्यानमा राखेर यो प्रतियोगिता सञ्चालन गरिएको हो । पहिलो अडिसनमा निर्णायकिय भुमिकामा ‘मिस एसईई इटहरी २०२४’ कि बिजेता अंशु पौडेल, ग्लोबल ड्रीम्स म्यानेजमेन्टका सिईओ स्मित कार्की, ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’कि इभेन्ट म्यानेजर सजिना श्रेष्ठ र डान्स कोरियोग्राफर डेभिड धिमाल रहेका थिए । अडिसन गोर्खा होटलको सभाहलमा भएको थियो । अडिसनको अघि आयोजकले अभिभावकहरुलाई ओरेन्टेसन समेत गराएको थियो ।

आयोजक संस्था ग्लोबल ड्रीम्सका निर्देशक स्मित कार्कीका अनुसार पहिलो अडिसनमा कार्य व्यस्तताका कारण सहभागी हुन नसकेका अभिभावकहरुले पुन: अर्को अडिसनको लागी आग्रह गरिहेका कारण चाँडै दोश्रो तथा अन्तिम अडिसन गरिने बताए । कार्की मिस नेपालका कोशी प्रदेश इन्चार्ज समेत हुन् । यसअघि यी २ आयोजक संस्थाले थुप्रै सौन्दर्य र सांगीतिक कार्यक्रमहरु आयोजना गरिसकेका छन् ।

अडिसनमा ८ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुले सहभागी जनाएका थिए । अब दोश्रो अडिसन पश्चात् प्रतियोगितामा सहभागी बालबालिकाहरुका लागि आयोजकले २५ दिने तालिमको व्यवस्था गरेको छ । यस तालिममा व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमतामा वृद्धि, योगा लगायतका विभिन्न महत्वपूर्ण विषयहरुमा प्रशिक्षण दिइनेछ । त्यस्तै सहभागीहरुको पोर्टफोलियो फोटो तथा भिडियोसुट समेत गतिनेछ । तालिमपछि ग्राण्ड फिनालेमार्फत बिजेताको चयन गरिनेछ भने बिजेताले ३० हजार नगद सहित विभिन्न आकर्षक पुरस्कारहरु जित्नेछन् ।

Previous Post

प्रिमियर सो बाट चुलियो ‘सतीदेवी’को चर्चा

Next Post

अभिनेता विपिनकी आमाको निधन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

कार्तिक १४, २०८२, ५:५५ मध्यान्ह
इटहरीकी मेघा खड्का भईन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको बिजेता

इटहरीकी मेघा खड्का भईन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको बिजेता

अशोज २६, २०८२, ९:०६ मध्यान्ह
पूर्वाञ्चल स्कुल तथा कलेजमा स्वागत र दिक्षान्त समारोह सम्पन्न

पूर्वाञ्चल स्कुल तथा कलेजमा स्वागत र दिक्षान्त समारोह सम्पन्न

भदौ २२, २०८२, ७:४५ बिहान
‘”आईएनआईको कडाइ: कमर्सियल शोमा अब क्यामेरा–बुम निषेध”

‘”आईएनआईको कडाइ: कमर्सियल शोमा अब क्यामेरा–बुम निषेध”

भदौ १२, २०८२, १०:४९ बिहान
१ लाख पुरस्कार राशि भएको ‘मिसेस पुर्बेली आइकन’को दोश्रो अडिसन सम्पन्न

१ लाख पुरस्कार राशि भएको ‘मिसेस पुर्बेली आइकन’को दोश्रो अडिसन सम्पन्न

भदौ २, २०८२, १:४० मध्यान्ह
Next Post
अभिनेता विपिनकी आमाको निधन

अभिनेता विपिनकी आमाको निधन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

by विशेष अनलाइन
कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
0

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

by विशेष अनलाइन
कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
0

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
0

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    401 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।